Play

फर्निचर ब्यबसायी दिपक, संचारकर्मी कबिता र गायक सन्तोष सहित १४ युवालाई गण्डकी प्रदेशको सम्मान

गुरुकुल खबर


पोखरा, पोखराका युवा ब्यबसायी एबम न्यूरोडमा सञ्चालित सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की सहित १४ जनालाई गण्डकी प्रदेश सरकारले  सम्मान गरेको छ। गण्डकी प्रदेश, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेश स्तरीय युवा प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम अन्तर्गत उनीहरुलाई सम्मान गरेको जनाएको छ । केहि बर्षदेखी पोखरामा फर्निचर ब्यबसायमा सक्रिय कार्कीको व्यवसायले गण्डकी प्रदेशको राजधानी पोखरा र छिमेकी जिल्लामा सरकारी एबम गैर सरकारी क्षेत्रमा बजारको ठूलो हिस्सा ओगटेको छ ।

सिटिजन फर्निचरको नामबाट संचालित उनको ब्यबसाय अन्तर्गत घर तथा कार्यालयको लागि आबश्यक पर्ने बिभिन्न फर्निचर, सोफा दराज, टेबलको साथै पर्दा कार्पेट लगायतका बिभिन्न सजावटका सामग्री समेत बेचबिखन गर्दै आएका छन।  पछिल्लो समय उनले सिसि क्यामेराको साथै अफिस र निजि प्रयोजनको लागि चाहिने ल्यापटप कम्प्युटर लगायतका सामग्रीको समेत बिक्रि शुरु गरेको छन।

मन्त्रालयले गण्डकी प्रदेशभरका १४ जना युवा प्रतिभालाई उनीहरुले बिभिन्न विधामा पुर्याएको योगदानको कदर गर्दै नगद सहित सम्मानपत्रबाट सम्मान गरेको जनाएको छ । पुरस्कृत हुनेमध्ये अध्ययन तथा अनुसन्धान क्षेत्रबाट डा राजकुमार थापा, स्वास्थ्य क्षेत्रबाट डा शिशिर देवकोटा र शिक्षा क्षेत्रबाट अग्निधर भुसाललाई जनही १८ हजार रुपैयाँ, युवा सशक्तीकरण र नेतृत्व विकासका लागि पवन भुर्तेललाई १४ हजार रुपैयाँ, चित्रकला विधामा ज्योति गुरुङ र हेमकान्ती गुरुङले पनि जनही १४ हजार हात पारे ।

यसैगरी खेलकुद विधामा रेखामाया गुरुङ, गीत संगीतमा सन्तोष बस्याल, सूचना प्रविधि तथा उद्यमशीलतामा महेश गौतम र पर्यटन प्रबर्द्दन तर्फ अर्जुन भण्डारीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको थियो । सामाजिक विकास तथा सुधारको क्षेत्रमा क्रियाशील सौगात वाग्ले र सञ्चार क्षेत्रबाट कविता श्रेष्ठले पनि जनही १० हजार पुरस्कार प्राप्त गरे ।

उद्यमशीलता र रोजगारीतर्फ सिटिजन्स फर्निचरका दीपक कार्की तथा समाजसेवामा सक्रिय अंशु शेर्पालाई जनही ७ हजार रुपैयाँका साथ पुरस्कृत गरिएको थियो ।  उनीहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, मन्त्रालयका सचिव डा शेषनारायण पौडेललगायतले सम्मान गरेका हुन् । कार्यक्रममा सम्मानित व्याक्तित्वबाट डा राजकुमार थापा र कविता श्रेष्ठले आफ्ना अनुभव सुनाए ।

२१ बैशाख २०८३, सोमबार ०९:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा