Play

पीएन क्याम्पसका विद्यार्थीद्वारा जनप्रिय क्याम्पसमा खेलकुद प्रतियोगिताको आयोजना

गुरुकुल खबर


पोखरा, पृथ्वीनारायण बहुमुखी क्याम्पसको शिक्षाशास्त्र सङ्काय अन्तर्गत स्नातक तह तेस्रो वर्षका विद्यार्थीहरूको आयोजनामा एक दिने खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। जनप्रिय बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा भलिबल तथा १०० मिटर छात्र/छात्रा दौड प्रतियोगिता सञ्चालन गरिएको थियो।

स्वास्थ्य तथा शारीरिक शिक्षा परियोजना (बि.एड. ४३४) अन्तर्गत प्रयोगात्मक अभ्यासका रूपमा विद्यार्थीहरूले यो कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख कृष्णबाबु बरालले विद्यार्थी जीवनमा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक र व्यावहारिक ज्ञानको ठुलो महत्त्व रहने बताए। प्रयोगात्मक अभ्यासले विद्यार्थीमा कार्यकुशलता र नेतृत्व क्षमता विकास गउनको भनाई थियो ।

विशेष अतिथी विभागीय प्रमुख कृष्ण त्रिपाठीले विद्यार्थीहरूले उत्कृष्ट रूपमा कार्यक्रम व्यवस्थापन गरेको भन्दै प्रशंसा गरे। कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक महादेव पहारी, प्राध्यापक सङ्घ जनप्रिय क्याम्पस एकाइका उपसभापति टंक बराल, जनप्रिय क्याम्पसका उप-प्रशासक एकनारायण शर्मा, प्लस टु संयोजक गणेश चालिसे र विद्यार्थी हित शाखा प्रमुख बेदहरी तिमिल्सिना लगायतको सहभागी थिए।

प्रकाश सुवेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ममता पौडेलले स्वागत मन्तव्य राखेकी थिईन भने कार्यक्रमको सञ्चालन नरेश पौडेलले गरेका थिए। सोहि कार्यक्रममा प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो।

११ बैशाख २०८३, शुक्रबार १९:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा