Play

औषधि बिक्रि प्रतिनिधि संघको महाधिबेशन पोखरामा शुरु, औषधि बजार ब्यबस्थित गर्नुपर्नेमा प्रदेश प्रमुख भट्टको जोड

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले औषधि बजारलाई व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक रहेकोमा जोड दिएका छन । नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ (एनएमएसआरए) को २९ औं केन्द्रीय महाधिवेशनको पोखरामा उद्घाटनका अवसरमा बोल्दै प्रदेश प्रमुख भट्टले औषधि विक्री वितरण मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको निकै संवेदनशील पेशा रहेको बताए ।

‘औषधि कम्पनीका उत्पादनबारे चिकित्सक, स्वास्थ्यकर्मीलाई जानकारी गराउने, औषधिको गुणस्तरीयता, फाइदाबारे अवगत गराउने प्रतिनिधिहरू औषधि उत्पादक कम्पनी र स्वास्थ्य सेवा क्षेत्रबीचको सेतु हुन्।’ उनको भनाई थियो । प्रदेश प्रमुख भट्टले निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत भएको उल्लेख गर्दै निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा पनि रहेको बताए ।

‘यसकारण नेपालको अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको छ । निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्छ ।’ उनले भने – ‘आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य छ । सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि र विकास सम्भव छ ।’

लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनु अहिलेको आवश्यकता रहेको उनले बताए । महाधिवेशनमा देशभरीका १४ इकाईबाट सात सय भन्दा बढी संख्यामा औषधि विक्री प्रतिनिधिहरू सहभागी रहेको नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ महासचिव निरज पन्तले गुरुकुल खबरलाई जानकारी दिए।  महाधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

११ बैशाख २०८३, शुक्रबार १८:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा