पोखरा, राष्ट्रिय बहिरा महासंघले बहिरा व्यक्तिको पहिलो भाषाको रूपमा नेपाली साङ्केतिक भाषाको मान्यता, विकास र प्रसारका साथै सांकेतिक भाषा सम्बन्धि तालिमहरु संचालन गर्नुको साथै बहिराहरूले भोग्नुपेका समस्या समाधानको लागि राज्यका बिभिन्न निकाय र सरोकारवाला सामु पहल गर्दै आएको छ। बिभिन्न जिल्लामा स्थानीयस्तरमा बहिरा संघ गठन गर्ने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने, बहिराहरूको नेतृत्व र जागरूकतालाई बढावा दिने, बहिरालाई दोभाषे सेवा दिने लगायतका काम गर्दैआएको राष्ट्रिय बहिरा महासंघले बहिराहरुको लागि तथा बाहिराका अभिभावक वा परिवारका सदस्यहरुको लागि समेत बिभिन्न स्थानमा सांकेतिक भाषा कक्षा र तालिमहरु पनि संचालन गर्दै आएको छ।
बहिरा व्यक्तिहरू र बहिरा समुदायलाई सामाजिक रुपमा समान र भेदभावमुक्त बनाउन उनीहरुमा सञ्चार, शिक्षा, स्वास्थ्य, सीप, प्रशिक्षण, र रोजगारीमा पहुँच आबश्यक हुने भएकोले त्यसतर्फ महासंघले रचनात्मक पहल गर्दै आएको राष्ट्रिय बहिरा महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष गंगा थापा मगरले जानकारी दिईन। यसैक्रममा पोखरामा राष्ट्रिय बहिरा महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा दुई महिने सांकेतिक भाषा तालिम संचालन भैरहेको अध्यक्ष मगरले बताइन।

तालिममा गण्डकी प्रदेशको बिभिन्न जिल्लाबाट बहिराका अभिभावक वा बहिरा परिवारको सदस्यसमेत गरि १५ जनाको सहभागिता रहेको छ । यस अगाडी आधारभूत तालिम प्राप्त गरिसकेका हरुको लागि थप ज्ञान दिलाउने र सांकेतिक भाषामा दक्ष बनाउने उद्देश्यले एडभान्स लेबलको तालिम आयोजना गरिएको बुझिएको छ। बहिरा तथा सुस्त श्रवणको क्षेत्रमा लामो समय काम गरेका गण्डकी बाहिर संघका पुर्व अध्यक्ष सुर्यमोहन बराल प्रमुख प्रशिक्षक र बहिरा शारदा थापा प्रशिक्षकको रुपमा रहेको छन।
तालिममा कास्कीबाट अन्जली बिक, बिन्दु गौतम, यादव बराल, शुष्मा चुंडाली र अनिता भुजेल म्याग्दीबाट करिश्मा गर्बुजा, गौरादेवी पाइजा, सजिना गैरे, पर्वतबाट राधाकुमारी मल्ल र जममाया पुर्जा, स्यांग्जाबाट सुन्दर गाहामगर, सुशिला रेग्मी, लक्ष्मी सेन र सनम थापा मगर र तनहुँबाट रामकुमारी रानाको सहभगिता रहेको छ। बहिरा समुदायमा साङ्केतिक भाषा अधिकार बिना मानव अधिकार समेत सम्भव नहुने भएकोले सांकेतिक भाषा अहिलेको आबश्यकत बनेको सहभागीहरुको भनाई छ ।

तालिमका सहभागिहरुले बहिराहरुको लागि सांकेतिक भाषाको शब्दकोश तयार गर्नुपर्ने, बहिरा बिधार्थीहरुको परिक्षा सांकेतिक भाषाको आधारमा दिन पाउने ब्यबस्था हुनुपर्ने जस्ता बिषयमा राज्यका निकाय र सरोकारवालाको ध्यान जानुपर्नेकुरामा जोड दिएका थिए। तालिमका सहभागी राधा कुमारी मल्ल र गौरादेबी पाइजाले दृष्टिबिहीन बिधार्थीहरुले परिक्षामा आंफ्नो सहायक राखेर लेख्न्न पाउने ब्यबस्था रहेजस्तै बहिराहरुको लागि पनि बैकल्पिक ब्यबस्था हुनुपर्नेमा जोड दिए उनीहरुले साकेतिक भाषामा परिक्षा दिन पाउने ब्यबस्था भएपनि धेरै बहिरा बिधार्थी लाभान्वित हुने बताए ।
राष्ट्रिय बहिरा महासंघले आफ्नो स्थापनाकाल देखि नै बहिराहरूको हकअधिकार तथा विकासका सवालमा विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै आइरहेको र बहिरा व्यक्तिहरूको सुचना तथा संचारमा पहुँचको विषयलाइ प्रार्थमिकताका साथ उठाउँदै आएको कारण पछिल्लो समय सुचना प्राप्त गर्ने बिषयमा बहिरा समुदाय पनि लाभावान्वित भएको बताइन्छ ।
बहिरा बिधार्थीहरुको लागि पठन पाठन गर्ने स्कुल, कलेजको संख्या कम हुनु र भएका शिक्षण संस्थामा पनि बहिराको लागी उपयोगी तथा चाहिने सिप र दक्षताको पढाई नहुँदा उनीहरु आत्मनिर्भर बन्न नसकेको अबस्था छ। यसबाहेक बहिरालाई कतिपय अबस्थामा परिवारका सदस्यहरुबाट र कतिपय अबस्थामा समुदाय बाट नै अपहेलित गर्ने प्रवृति कायम रहेकोले बहिराहरू नेतृत्वदायी भूमिकामा आउन नचाहेको अबस्था रहेको बताइन्छ।
तालिम कार्यक्रममा अतिथि बक्ताको रुपमा पुगेका पोखराका अग्रज पत्रकार एबम नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीले बिकसित मुलुकमा बहिरा एबम अपाङ्गहरु प्रति समुदाय र राज्यको निकायले हेर्ने दृष्टिकोण सकारात्मक रहने र उनीहरुलाई बिभिन्न किसिमको प्रिभिलेज समेत दिईने भएकोले बाहिर एबम अपाङ्गहरु पनि खुसिसाथ् जिबन बिताउने गरेको बताए । नेपालमा अझै पनि बहिरा समुदाय र अपाङ्गहरु प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसक्दा बहिरा सहित अपांग समुदायको भावनामा बारम्बार ठेस पुर्याउने काम भैरहेको र राज्य भने बेखबर जस्तै रहेको पराजुलीलले बताए ।
उनले पोखरामा बहिरा पढ्नको लागि एउटा सिर्जना बहिरा बिधालय रहेको भएपनि बहिराहरूको सिप र दक्षता अभिवृद्धि गर्ने तथा ब्यबहारिक शिक्षा दिने किसिमको बहुमुखी क्याम्पसको आबश्यकता औंल्याए। नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिका पुर्व अध्यक्ष समेत रहेका पराजुलीले सांकेतिक भाषा तालिम लिएपछि दोभाषेको रुपमा काम गर्न र बहिराको क्षेत्रमा क्रियाशील बिभिन्न संघसंस्थामा रोजगारी प्राप्त गर्न पनि सहज हुने बिश्वास ब्यक्त गरेका थिए।















