Play

पोखरामा कास्की प्रहरीको ‘स्विप अपरेसन’ निरन्तर: पहिलो रात १२२ जना पक्राउ परेकोमा दोश्रो रात ६१ जना पक्राउ

गुरुकुल खबर


पोखरा, कास्की जिल्लाको बिभिन्न स्थानमा प्रहरीले शुरु गरेको स्विप अपरेसनले दोश्रो दिन पनि निरन्तरता पाएको छ। बुधबार बेलुका ९ बजेदेखि बिहिबार बिहान ६ बजेसम्म संचालन गरिएको स्विप अपरेसन बिहिबार बेलुका ९ बजेबाट शुक्रबार बिहान ६ बजेसम्म पनि संचालन गरिएको थियो पहिलो दिन १ सय २२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले दोश्रो दिन आज थप ६१ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

लागू औषधको सेवन तथा बिक्री वितरण गर्ने, समाजमा अशान्ति फैलाउन गुण्डागर्दी गर्ने लगायतका गतिविधि नियन्त्रणका लागि प्रहरीले ‘स्वीप अप्रेसन’ चलाएको जनाएको छ। गएराती गरिएको अपरेसनको क्रममा पोखरा महानगरपालिका वडा नम्बर २ र ४ अन्तर्गतको मोहरियाटोल र गैह्रापाटन क्षेत्रबाट १४ जना, वडा नम्बर ६ को लेकसाइड र ड्यामसाइड क्षेत्रबाट २४ जना, वडा नम्बर ८ र ९ मा पर्ने बगालेटोल, सभागृह चोक, शिवालय चोक र पृथ्वीचोक क्षेत्रबाट ८ जना पक्राउ परेका छन् ।

यसैगरी पोखराको वडा नम्बर १३ र १५ को काँहुडाँडा, काँहुखोला र रामबजार क्षेत्रबाट २ जना, वडा नम्बर १८ र २० को सराङकोट, लामागाउँ र भलाम क्षेत्रबाट ४ जना, वडा नम्बर २६, २७, २९ र ३० अन्तर्गतका सुन्दरबजार, रिठेपानी, सैनिक बस्ती, खुदीखोला र साहुको खोर क्षेत्रबाट ९ जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

समाजमा अशान्ति फैलाउने, टोले गुण्डाका रूपमा धम्की दिने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र रातको समयमा शंकास्पद रूपमा हिँडडुल गर्नेहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीका सुचना अधिकारी एबम प्रहरी निरिक्षक गणेश पाण्डेले गुरुकुल खबरलाई जानकारी दिए ।

यस अघि पक्राउ परेका १ सय २२ जनामध्ये ८ जनालाई लागू औषधसम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा २७ जनामाथि म्याद थप गरी अनुसन्धान भइरहेको छ । १५ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट जरिवाना गरी छाडिएको र बाँकी ७० जनालाई सम्झाई–बुझाई गरी आफन्तको जिम्मा लगाएर छाडिएको छ । अन्य २ जनालाई भने हाल होल्डमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो अभियानलाई आबश्यकता अनुसार निरन्तरता दिईने छ।

११ बैशाख २०८३, शुक्रबार १०:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा