पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की एबम मातहतका बिभिन्न प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार र मंगलवार बिहानसम्ममा बिभिन्न मुद्दा वा अभियोगमा ९ जनालाई पक्राउ गरेको जनाएको छ।
यसक्रममा बिभिन्न मुद्धामा अदालतले दोषी ठहर गरेर पनि फरार रहेका ५ जना, लेकसाइड क्षेत्रमा पर्यटकलाई दुख दिने अभियोगमा ३ जना महिला र भदौ २४ को जेनजी पुस्ताको नाममा भएको आन्दोलनमा जेलबाट भागेका १ जना गरि ९ जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
बिभिन्न मुद्धामा दोषी ठहर गरिएका पांच जनालाई पक्राउ गरेको जनाएको छ पक्राउ पर्नेमा कास्की जिल्ला अदालतबाट बिभिन्न मुद्धामा दोषी ठहर गरेर कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका पांच जना पुरुष रहेका छन।
उनिहरुबाट अदालतले तोकेअनुसारको १३ हजार रुपैया जरिवाना असुल हुने गरि कास्की जिल्ला अदालतमा पेश गरिएको कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गणेश पाण्डेले जानकारी दिएका छन। पक्राउ पर्ने मध्ये अभद्र ब्यबहार कसुरमा २ जना, चोरी सम्बन्धि कसुरमा २ जना र चेक अनादर कसुरमा १ जना रहेको बुझिएको छ।
यसैबीच गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भदौ २४ गते कास्की जिल्ला कारागारबाट भागेर फरार भएका ३० बर्षिय एक युवालाई प्रहरीले पोखरा -६ लेकसाइड, डिहीकोपाटनबाट पक्राउ गरेको छ।
लागु औषध सम्बन्धि मुद्धामा पुर्पक्षको लागि कास्की कारागारमा थुनामा रहेका पोखरा -१७ छोरेपाटनका ३० बर्षीय तेन्जिंग कुल्संग गुरुङलाई वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो । उनलाई आबश्यक कानुनी कारबाहीको लागि कास्की कारागारमा बुझाइएको प्रहरीले जनाएको छ।
यसैगरी, प्रहरीले पोखराको लेकसाइड क्षेत्रमा आन्तरिक एबम बाह्य पर्यटकलाई दुख दिने, लुटपाट गर्ने र अनैतिक क्रियाकलाप गरेको भन्दै थप ३ जना महिलालाई मंगलवार बिहान करिब साढे दुई बजे पक्राउ गरेको जनाएको छ।
वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको बुझिएको छ यस अगाडी पनि प्रहरीले लेकसाइड क्षेत्रबाट १६ जना महिलालाई केहि दिन अगाडी रातिको समयमा पक्राउ गरेको थियो।
प्रहरीले पक्राउ पर्नेहरुको संख्या र घटनाको बारेमा जानकारी सार्बजनिक गरेपनि पक्राउ पर्नेहरुको नाम भने सार्बजनिक गरेको छैन ।
- तस्बिर – जिल्ला प्रहरी कार्यालय














