Play

घान्द्रुक पर्यटन ब्यबस्थापन समितिको अधिबेशन, बिक्रम गुरुङ अध्यक्ष रहेको नयाँ कार्यसमिति

गुरुकुल खबर


पोखरा, पर्यटकीय गाउँको रुपमा परिचित कास्कीको अन्नपुर्ण गाउँपालिकाको वडा न.  १० र ११ का पर्यटन ब्यबसायीहरुको संस्था घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोश्रो अधिबेशन तथा तेश्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ। अधिबेशनले समितिको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकोमा अध्यक्षमा विक्रम गुरुङ निर्वाचित भएका छन् । उनि यस अगाडिको कार्यकालमा पनि अध्यक्ष रहेका थिए ।

अध्यक्षमा निर्बाचित गुरुङले घान्द्रुकमा आन्तरिक तथा बाह्य पर्यटकहरूको बसाई लम्बाउन पर्यटकीय गन्तव्य थप गर्नुपर्ने आबश्यकत रहेको बताउंदै समितिको सक्रियतामा घान्द्रुक चक्रीय पदमार्ग, बसपार्क लगायत विभिन्न स्थानमा सिसी क्यामेरा, विद्युत पोलमा लाइट, फोहोर संकलन केन्द्र, पार्क निर्माणजस्ता काम भएको र स्थानीय आमासमूह लगायत विभिन्न संघसंस्थाहरूलाई सहयोग गर्दै आएको जानकारी दिए । उनका अनुसार घान्द्रुकमा संचालनमा रहेका १ सय ३५ भन्दा बढी होटल तथा सामुदायिक होमस्टेमा एक दिनमा २ हजार ५ सयसम्म पर्यटक राख्नसक्ने क्षमता छ ।

१५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा कृष्णबहादुर गुरुङ, सचिवमा उमेश क्षेत्री, सहसचिवमा महेन्द्र गुरुङ र कोषाध्यक्षमा कृष्णबहादुर गुरुङ निर्बाचित भए भने कार्यसमितिको सदस्यहरूमा सन्तोष गुरुङ, मनिसा गुरुङ, रुक्सा गुरुङ, मनोज गुरुङ, विनोद सुनार, मेलिना गुरुङ ठकुरी, सुजल राना मगर, सुशान्त गुरुङ, रामबहादुर परियार निर्बाचित भएका छन । समितिको सल्लाहकारहरुमा धुव्र गुरुङ, किसम गुरुङ ,तिलबहादुर गुरुङ र चक्रबहादुर गुरुङलाई मनोनयन गरिएको छ ।

अधिबेशन एबम साधारण सभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकको मौलिकतासँगै संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिए । ‘घान्द्रुकको पहिचान भनेको ढुंगेनी गाउँ हो, पछिल्लो समय विकासको गतिसँगै फेरिँदै जान थालेको मौलिकताले पर्यटन क्षेत्रमा गरेको असरबारे चिन्ताको विषय बनेको छ’, वडाध्यक्ष गुरुङले भने, ’विकाससँगै घान्द्रुकको पहिचान संरक्षण गर्ने कर्तव्य हामी सबैको हो, मौलिकता संरक्षणलाई ध्यान दिँदै गाउँपालिकाले अबको आर्थिक वर्षदेखि अनुदानको समेत व्यवस्था गर्दै छ ।’ उनले भने

रोधीँ क्लब कोँड घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले घान्द्रुकमा पर्यटन प्रबर्द्दनका लागि सबै एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको बताए । तमु प्ये ल्हु संघ घान्द्रुक इकाई समितिका अध्यक्ष प्रेम गुरुङले शान्ति, एकता र मेलमिलापबाट घान्द्रुकको पर्यटन प्रबर्द्दनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

कार्यक्रममा समितिलाई पाहुनामार्फत सबैभन्दा बढी शुल्क बुझाउने वर्ल्ड भिलेजका सञ्चालक अमृत प्रसाद गुरुङ र गाइड पोटरमार्फत सबैभन्दा बढी शुल्क बुझाउने होटेल बृज गेष्ट हाउसका सञ्चालक सुवास गुरुङलाई सम्मान गरिएको थियो । त्यस अबसरमा दिईएको जानकारी अनुसार घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीँ क्लब कोँड घान्द्रुकको संयुक्त आयोजनामा गत फागुन ६ देखि ९ गतेसम्म आयोजना गरेको घान्द्रुक पर्यटन महोत्सव १२ लाख रुपैयाँ बचत भएको छ ।

७ बैशाख २०८३, सोमबार २२:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा