Play

बिश्वबिधालय र प्रतिष्ठानमा रहेका बिधार्थी र कर्मचारीका दलीय संगठन तत्काल हटाउन प्रधानमन्त्री शाहको निर्देशन

गुरुकुल खबर


काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहले बिभिन्न विश्वविद्यालय र स्वास्थ्य एबम शैक्षिक संस्थाहरूमा रहेका विद्यार्थी तथा कर्मचारी संगठनका दलीय संरचनाहरू तत्काल हटाउन निर्देशन दिएको छन।

बिभिन्न बिश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग सोमबार दिउँसो छलफल गर्ने क्रममा प्रधानमन्त्री शाहले विद्यार्थी र कर्मचारीहरुको नामका दलीय संगठन र संरचनाहरु कुनै पनि हालतमा हटाउने निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस बिज्ञ दिपा दाहालले जानकारी दिईन।

मन्त्रिपरिषद्को कार्यालयमा सोमबार दिउँसो भएको छलफलमा प्रधानमन्त्री कुलपति रहने ११ वटा विश्वविद्यालय र सातवटा प्रतिष्ठानका उपकुलपतिहरूलाई  बोलाइएको थियो।

छलफलका क्रममा उपकुलपतिहरुले जेन्जी आन्दोलन र फागुन २१ को चुनावपछि विद्यार्थीको राजनीतिक गतिविधि सुस्त भएको जानकारी गराउंदै बिधार्थी र कर्मचारीका दलीय संगठन हटाउन पहल भइरहेको बताएको समेत दाहालले जानकारी दिईन।

प्रधानमन्त्री शाहले भने अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताउँदै राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न सुझाव दिएको बताइएको छ।

छलफलमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका दिर्घकालिन उपायहरू र कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि चर्चा गरिएको बुझिएको छ।

बैठकमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति सहित पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय, ​नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरू सहभागी रहेको बताइएको छ ।

यसैगरी प्रतिष्ठानहरुतर्फ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट),चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरु पनि  छलफलमा बोलाइएका थिए ।

७ बैशाख २०८३, सोमबार १८:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा