Play

चलचित्र पत्रकार संघको अधिबेशनबाट नयाँ कार्यसमिति निर्बाचित, अध्यक्षमा समिर बलामी

गुरुकुल खबर


पोखरा, चलचित्र पत्रकार संघ नेपालको अधिबेशनले संघको केन्द्रीय अध्यक्ष पदमा समिर बलामी निर्बाचित भएका छन । संघको दशौँ अधिबेशनमा भएको निर्बाचन प्रक्रियामा १ सय ४० मत खसेकोमा अध्यक्षमा निर्बाचित बलामीले ९५ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्दी जिबन पराजुलीले ४२ मत मात्र प्राप्त गरे।

शनिबार दशौं केन्द्रीय महाधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि समीर बलामी सहितको नयाँ समिति चयन गरेको हो उनले दोश्रो कार्यकालको लागि पनि अध्यक्ष पदमा निर्बाचित भएर कार्यकाललाई निरन्तरता दिने भएका छन । हाल संघका देशभर १४ शाखा तथा विदेशमा समेत च्याप्टरहरु सक्रिय रहेका छन् ।

बलामी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको महासचिव समेत हुन् । अध्यक्षमा निर्बाचित भैसकेपछि उनले चलचित्र पत्रकारिताको विकास, व्यवसायिकता अभिवृद्धि र पत्रकारहरूको हकहित संरक्षणको क्षेत्रमा देखिनेगरी काम गर्ने बताए ।

संघको उपाध्यक्ष ( संगठन) मा रघुनाथ सापकोटाले ७३ मत पाएर बिजयी बन्दा उनका निकटतम प्रतिद्वन्दी नबिन गिरिले ६२ मत मात्र प्राप्त गरेका थिए भने संघको अर्को उपाध्यक्ष (कार्यक्रम) मा  कुमार आचार्य निर्बिरोध निर्बाचित भएका थिए। यसैगरि उपाध्यक्ष (महिला) मा दिपज्योति थापा ले ७५ मत पाएर विजयी बन्दा उनको निकटतम प्रतिद्वन्दी सुष्मा कार्कीले ६२ मत पाएकी थिईन।

संघको महासचिबमा गोपीकृष्ण चापागाई ले ५४ मत पाएर बिजयी बन्ने मौका पाए उनका प्रतिद्वन्दी मनिष कार्कीले ४४ मत मात्र पाएका थिए। सचिब पदका अन्य उम्मेदवार सिपी जैशी र पवन भट्टराई ले क्रमशः १९ र १८ मत मात्र पाए।

यसैगरी सचिबमा ९४ मत पाएर मदन रिजाल विजयी बन्दा उनका प्रतिद्वन्दी सुरेन्द्र थापा मगरले ४५ मत पाएका थिए। समाबेशी सचिबमा भने महम्मद जालिम निर्विरोध निर्बाचित बनेका थिए।

यसैगरी संघको कोषाध्यक्षमा ७४ मत पाएर मनिष अन्जान विजयी बन्दा ६५ मत पाएकी निशा बजगाईले पराजय भोग्नुपर्यो भने सहकोषाध्यक्ष पदमा ६२ मत पाएर अर्जुन गुरागाई बिजयी बन्दा भोला प्रनब सुबेदीले ४२ मत र अर्का उमेदवार सुजन श्रेष्ठले ३४ मत मात्र पाउन सकेका थिए।

संघको केन्द्रीय समितिको सदस्यहरुमा भने सोजना विक लोहार, सुशिल नेपाल, दिनेश थापा, नबिन चापागाई, रतन बहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री र  सालिकराम न्यौपाने निर्बिरोध निर्बाचित भएका छन।

७ बैशाख २०८३, सोमबार १०:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा