Play

राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा भान्सीलाई दोहोरो स्वर्ण, प्रतियोगिता जारी

गुरुकुल खबर


पोखरा, पोखरामा जारी मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा भान्सी राजभण्डारीले दोहोरो स्वर्ण जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन उनले यू–८ र यू–९ गर्ल्सतर्फ स्वर्ण पदक जितेकी हुन् ।

प्रतियोगिता अन्तर्गत यू ८ र यू ९ गर्ल्सतर्फ राउण्ड रोविनको आधारमा भएको प्रतियोगिताको यू ८ मा सेजल राजभण्डारीले रजत र लु सिआन र साशा भट्टराईले काश्य पदकका साथ गिफ्ट ह्याम्पर हात पारे । त्यस्तै ब्वाइज यू ८ तर्फ सर्वत्र खत्रीले स्वर्ण पदक जित्दा सुविज्ञराज बुढाथोकीले रजत तथा अनोमल श्रेष्ठ र श्रीभान्स पछाईले रजत पदक जिते ।

यू ८ तर्फ प्रतियोगितामा सहभागिता जनाएकी लु सिआनलाई कास्की जिल्ला टेनिस संघले पदक, प्रमाणपत्र र गिफ्ट ह्याम्परसहित सम्मान गरेको छ । उनी ५ वर्षकी हुन् । यस्तै यू ९तर्फ गर्ल्समा भान्सीले स्वर्ण पदक जितिन् भने मिलिवाना लावतले रजत तथा सेजल राना मगरले रजत पदक जितिन् ।

जारी प्रतियोगिता यू १८ ब्वाइजतर्फ दर्शिल श्रेष्ठ र शास्वत बज्रचार्य फाइनलमा एक अर्काको सामना गर्नेछन् । दर्शिलले सेमीफाइनलमा स्पन्दन उदासलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दा शास्वतले सुरेन्द्र विकलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान पक्का गरे ।

यसै गरी यू–१६ गर्ल्सतर्फ ऐरा खत्री र शोरा थापा फाइनलमा स्थान पक्का गरेका छन् । आइतबार भएको सेमीफाइनलमा  ऐराले शाल्भी शेरचनलाई एक संघर्षपूर्ण खेलमा पराजित गरिन् । उनले ६–१, २–६ र ६–० ले पराजित गरेकी हुन् । त्यस्तै शोराले आरुषी तुलाचनलाई ६–०, ६–० ले पाखा लगाइन् ।

बैशाख ८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका ब्वाइज तथा गर्ल्सतर्फ सिंगल्स र डबल्स गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा शुरू भएको हो । प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित ९० खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गरेका छन् । उनले आफ्ना नाति–नातिनीको नाममा यस प्रतियोगितालाई विगत पाँच वर्ष देखि प्रायोजन गर्दै आएको प्रतियोगिताका संयोजक लोक बहादुर गुरूङले जानकारी दिए ।

६ बैशाख २०८३, आईतवार १८:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा