Play

फेवाताल किनाराका महत्वपुर्ण संरचना सार्बजनिक हित र पर्यटकीय लाभ हुनेगरी प्रयोग गरौँ- ब्यबसायी आनन्द बतास

गुरुकुल खबर


पोखरा, पोखराका ब्यबसायी आनन्दराज बतासले फेवाताल किनारमा ६५ मिटरको मापदण्ड लागु गर्दा उक्त मापदण्ड भित्र बनेका महत्वपूर्ण संरचनाहरु बिनास गर्नुभन्दा राज्यले सार्बजनिक हितको लागि उपयोग गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन ।

फेवाताल किनारामा बर्षौं अगाडी बनेको वाटर फ्रन्ट रिसोर्ट सहितका दर्जनौं संरचनामा शनिबार बिहानैबाट डोजर चलाइएपछि बतासले आंफ्नो सामाजिक संजालमा उक्त धारणा सार्बजनिक गरेका हुन ।

नेपाल मणिपाल अस्पताल पोखराका अध्यक्ष समेत रहेका बतासको धारणालाई कतिपयले उपयुक्त विचार मानेका छन भने कतिपयले ताल अतिक्रमण गर्नेहरुलाई जोगाउने खेल भन्दै प्रतिक्रिया दिएका छन ।

फेवातालको ६५ मिटरको मापदण्ड भित्र फिस्टेल लज देखि तत्कालिन राजाको दरबार भनिने रत्न मन्दिर र हिमा गृह जस्ता एतिहासिक महत्व बोकेका र आकर्षक संरचना समेत रहेका छन । तिनै संरचना भत्काएर बिनास हुन थालेपछि बतासले त्यस्ता संरचना पर्यटकीय लाभ र सार्बजनिक हितमा प्रयोगमा ल्याउनु उपयुक्त हुने बताएका हुन ।

शनिबार पोखराको फेवातालको ६५ मिटर मापदण्ड भित्र बनेका संरचना हटाउन डोजर चलाईएपछि ब्यबसायी बतासले फेवाताल किनारामा रहेका केहि महत्वपूर्ण संरचनाको नाम उल्लेख  गरेर धारणा सार्बजनिक गरेका हुन  ।

त्यस्ता संरचनाहरुमा डोजर चलाएर भत्काउने र बिनास गर्ने भन्दा तिनलाई जोगाउने र सार्बजनिक हित र पर्यटकीय दृष्टिकोणले लाभ लिने मिल्नेगरी रचनात्मक प्रयोगमा ल्याउनु नै उत्तम विकल्प हुने उनको भनाई छ ।

प्रतिष्ठित पर्यटन ब्यबसायी कर्ण शाक्यको स्वामित्वमा रहेको  वाटर फ्रन्ट रिसोर्टको  स्विमिंग पुल डोजर लगाएर भत्काउँदै गरेको तस्बिर सामाजिक संजाल फेसबुकमा राख्दै पोखराका ब्यबसायी आनन्दराज बतासले लेखेको कुरा यस्तो छ ..

‘फेवातालको ६५ मिटर मापदण्ड लागू गर्दा फिस्टेल लज, हिमा गृह र स्विमिङ पुल जस्ता भौतिक सम्पत्तिहरूलाई जोगाउनु आवश्यक छ। यी संरचनाहरूलाई विनास गर्नुभन्दा सार्वजनिक हित र पर्यटकीय लाभका लागि रचनात्मक प्रयोगमा ल्याउनु नै उत्तम विकल्प हुन सक्छ।’

२१ चैत्र २०८२, शनिबार ११:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा