Play

प्रतिनिधिसभाका नवनिर्बाचित सदस्यहरुमध्ये जेष्ठ सदस्य ‘अर्जुननरसिंह केसीले लिए शपथ’

गुरुकुल खबर


काठमाडौँ,  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्बाचनका क्रममा निर्बाचित प्रतिनिधिसभाका सदस्यहरुमध्येका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन।

राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा सांसद केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका हुन् । शपथ लगत्तै केसीले आफ्नो शपथ पत्रमा हस्ताक्षर गरेका छन्

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष एबम समानुपातिक निर्बाचन प्रणाली तर्फबाट निर्बाचित २ सय ७५ जना मध्ये समानुपातिक तर्फबाट सांसद बनेका नेपाली काँग्रेसका नेता  केसीले बिहीबार बाँकी अन्य २ सय ७४ सांसदलाई शपथ गराउनेछन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी सबैभन्दा जेठा सदस्यरहेकोले राष्ट्रपतिबाट उनले शपथ लिएपछि अन्य सदस्यलाई केसीले नै शपथ गराउने कार्यक्रम छ ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।

११ चैत्र २०८२, बुधबार १२:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा