पोखरा, नेकपा एमाले पोखरा महानगरपालिका वडा न.५ कार्यसामितिले शनिबार पोखराको मालेपाटनमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४४ युनिट रगत संकलन भएको छ। कार्यक्रममा एमाले नेता एबम पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियुका पुर्व सभापति दिलिप बिक्रम शाहीले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घटन गरेका थिए।
कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्री, कास्की-३ का पुर्व सांसद दामोदर पौडेल बैरागी, नेता एबम सोहि वडाका पुर्ब वडाध्यक्ष धनबहादुर नेपाली, कास्की जिल्ला खेलकुद विकास समितिकी सचिब अन्जु केसी, नेपाल रेडक्रस कास्कीका उपसभापति रमा कोइराला, वडाध्यक्ष विष्णुप्रसाद बराल, वडा सदस्य गोबिन्द पराजुली,
यसैगरी पृथ्वीनारायण क्याम्पसका पुर्व प्रमुख डा. सरोज कोइराला, वडाका एमाले नेताहरु उज्वल खत्रि,कल्पना भुवांजी, हरि सुनार समेतको सहभागितामा कार्यक्रम सम्पन्न भएको र अतिथि हरुसहित अन्यले रक्तदान गरेका थिए । कार्यक्रमको संचालन एमाले वडा कमिटिका सचिब वसन्त गौतमले गरेका थिए भने कार्यक्रमको अध्यक्षता नेकपा एमाले वडा कमिटिका अध्यक्ष लक्ष्मण बरालले गरेका थिए ।
सोहि कार्यक्रमा क्षयरोगका कारण हालै निधन भएका स्थानीय मनोज केसीको परिवारलाई स्थानीयस्तरमा पार्टीको तर्फबाट संकलित १३ हजार रुपैया नगद समेत हस्तान्तरण गरिएको थियो ।















