Play

पेशाकर्मी र अभियन्ताको शैलीमा नबोल्न नयाँ सांसदलाई सभापति लामिछानेको निर्देशन, अनुशासनमा कडाईं गरिने

गुरुकुल खबर


काठमाडौँ,  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीबाट निर्बाचित सांसदहरुलाई सार्वजनिक अभिव्यक्ति दिँदा जिम्मेवार र संयमित हुन निर्देशन दिएका छन् । ललितपुरस्थित एक होटलमा पार्टीका नबनिर्बाचित सांसदहरुको लागि आयोजित अभिमुखीकारण कार्यक्रममा बोल्दै सभापति लामिछानेले सांसदहरू अब सामान्य अभियन्ता वा पेशाकर्मी मात्र नभई जनप्रतिनिधि भैसकेकोले पदीय गरिमा कायम हुने गरि अभिव्यक्ति दिनुपर्नेमा जोड दिए ।

‘जथाभावी अभिव्यक्ति दिने वा मनोरञ्जनको रुपमा तथा हल्काफुल्का रूपमा प्रस्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन।’ लामिछानेले भने, ‘भोट दिएका जनताको शिर झुक्ने काम कुनै पनि अभिव्यक्ति वा क्रियाकलापबाट हुनुहुँदैन।’ उनले सरकार बनेको दिनदेखि नै सरकार ढाल्न एउटा समूह लाग्ने गरेको बताउँदै आफूहरूभित्र फाटो ल्याउन खोज्नेहरूको बिगबिगी भएको दाबि गरे ।

सभापति लामिछानेले भने, ‘हामी मिल्न सकेनौं भने र स्वार्थको बन्दी बन्यौं भने मात्रै समस्या हुन्छ।’ उनले अन्य दलहरूबाट रास्वपामा आएका निर्वाचितहरूलाई पनि पुराना दलबाट टाढा बस्नुपर्ने बताए।  उनले जनताले मत दिएपछि सबैको भूमिका फेरिएको बताउँदै मत दिएका जनतालाई प्रभावित हुनेगरी काम गर्नुपर्ने बताए। उनले निर्वाचित सबैलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुपर्ने पनि बताए।

उनले कुन धाराले कहाँ के काम अड्किएको छ भनेर निर्वाचितहरूले थाहा पाउनुपर्ने बताउँदै भने, ‘कहाँ कसलाई भनेर हुन्छ भनेर दौडधुप नगर्नुहोला।’ उनले कुनै बहाना गर्न नपाउनेगरी जनताले आफूहरूलाई जिताएर पठाएको भन्दै आफूहरू सचेत हुनुपर्ने बताए। सभापति लामिछानेले पार्टीको विगतबारे चर्चा गर्दै पार्टी जन्मे देखि प्रहार भैरहेको, पार्टीको नाममा मुद्दा चलाइएको, पार्टीको चुनाव चिन्हमा मुद्दा चलेको अबस्थामा पनि विभिन्न स्वार्थ समूह र पुराना दलबाट पार्टी जोगाएर ल्याउन सफल भएको दाबि गरे।

उनले पार्टीका सबैलाई अनुशासनमा राख्नु पार्टीको काम भएको र यसमा कडाइ र कारबाही गरिने, साथै ‘राइट टु रि कल’को व्यवस्था समेत लागू गरिने बताए। उनले भने, ‘देश अहिले पनि बनेन भने कहिल्यै पनि बन्दैन भनेर सबैले भनेका छन्। हामीलाई मतदाताले ‘बाबु, यो देश बचाउ’ भनेका छन्। यो कति ठूलो र गहिरो कुरा हो।’ लामिछानेले सांसद पदले स्वतः ज्ञान नदिने भन्दै निरन्तर अध्ययन गर्न र संसद नचलेको समयमा गाउँ, टोल तथा चिया चौतारामा पुगेर जनताका समस्या सुन्न पनि निर्देशन दिएका छन्।

४ चैत्र २०८२, बुधबार २०:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा