Play

चिकित्सक संघको रोकिएको चुनाबी प्रक्रिया छिट्टै शुरु हुने, चुनाबको मिति घोषणा गर्ने तयारी

गुरुकुल खबर


पोखरा,  नेपालका चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघ (एनएमए) को केन्द्रीय समितिका पदाधिकारी एबम सदस्यहरुको निर्वाचनका लागि निर्वाचन समितिले आन्तरिक छलफल सुरु गरेको छ । अध्यक्ष पदकालागि उम्मेदवारी दिएका डा.सञ्जीव तिवारीले निर्वाचनको मिति चाँडै घोषणा गर्नको लागि निर्वाचन समितिले तयारी गर्दैरहेको जानकारी दिए।

अध्यक्ष पदका उमेदवार डा. तिवारीको अनुसार समितिले यही बुधबार सर्वपक्षीय बैठक बोलाएको छ । उक्त बैठकमा निर्वाचन मिति घोषणाबारे छलफल र निर्णय हुनेछ ।उनले भने ‘अब आउने बुधबार सर्वपक्षीय भेला गरेर निर्वाचनको मिति कहिलेका लागि तय गर्ने भन्ने छलफल हुन्छ र उहाँहरुले हामीलाई एउटा खाका दिनुहुन्छ । त्यसअनुसार नै निर्णय गर्नुहन्छ होला ।’

त्यस्तै अध्यक्षकै अर्का उम्मेदवार डा.बद्री रिजालले पनि चुनावको लागि छलफल भइरहेको बताउँदै चाँडै मिति घोषणा गर्ने जानकारी दिए । ‘चुनावको लागि छलफल भइरहेको छ । सायद अब २–४ दिनमा निर्णय हुन्छ होला अनि चुनावको मिति पनि घोषणा हुन्छ’उनले भने ।

यसअघि पहिलो चरणमा माघ २ र ३ गतेका दिन काठमाडौँ उपत्यका बाहिरको लागि चुनाव तोकिएको थियो भने माघ १५, १६ र १७ मा काठमाडौँ उपत्यकाभित्र चुनाब गर्ने कार्यतालिका थियो । तर संघको निर्वाचन सम्बन्धमा पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई मध्यनजर गर्दै पूर्वनिर्धारित तालिका अनुसार भइरहेको सम्पूर्ण निर्वाचन कार्यक्रम रोकिएको थियो ।

नेपाल चिकित्सक संघको केन्द्रीय निर्वाचनका साथै विभिन्न तहका नेतृत्व चयनका लागि प्रक्रिया अघि बढिरहेको अवस्थामा अदालतको आदेशपछि निर्वाचन अनिश्चित बनेको संघको केन्द्रीय समितिमा उमेदवारी दिएका डा. सुष्मित काफ्लेले गुरुकुल खबरलाई जानकारी दिए । डा. काफ्लेले डा. रिजालको समुहबाट संघको केन्द्रीय सदस्यमा उमेदवारी दर्ता गराएका छन

प्रजातन्त्रबादी अर्थात लोकतन्त्रबादी निकट मानिने डा. बद्रि रिजालको समुहबाट उमेदवारी दर्ता गराउनेहरु मध्ये उपाध्यक्ष एबम प्रदेश संयोजकतर्फ कोशी प्रदेशबाट डा. रोशन खड्का, मधेशबाट डा. अमित रञ्जन मिश्र, बागमतीबाट डा. सुभाष भट्टराई, लुम्बिनीबाट डा. दिनेश चौधरी, गण्डकीबाट डा. नवराज लम्डारी, कर्णालीबाट डा. सोभित, र सुदूरपश्चिमबाट डा. प्रमोद जोशी रहेका छन।

गण्डकी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष एबम प्रदेश संयोजक पदमा उमेदवारी दिने डा. नवराज पनि पोखरामा कार्यरत छन। डा. रिजालको समुहबाट सदस्य पदमा उमेदवारी दिनेहरुमा पोखराका युवा चिकित्सक डा. सुष्मित काफ्ले सहित डा. परशुराम घिमिरे, डा. राकेश साह, डा. बिना श्रेष्ठ, डा. हिमलाल भण्डारी र सुवोध मिश्र रहेका छन्।

सम्बन्धित समाचार ..

नेपाल चिकित्सक संघ केन्द्रको चुनाब: लोकतन्त्रबादी समुहका डा. रिजाल नेतृत्वको प्यानलमा को उमेदवार?

१ चैत्र २०८२, आईतवार १३:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा