पोखरा, कास्की जिल्लाको निर्वाचन क्षेत्र नम्बर बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङ फराकिलो मतान्तरसहित निर्बाचित भएकी छन् । अधिकांश निर्बाचनमा नेकपा एमालेका उमेदवारहरुले जित्दै आएको कास्की -३ मा यसपटक नेपाली काँग्रेसका उमेदवार मनोज गुरुङको चर्चा राम्रै चलेको भएपनि रास्वपाकी उमेदवार बिना गुरुङकरिब २५ हजार मतको फराकिलो अन्तरले चुनाब जित्न सफल भएकी छन ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मनोज गुरुङलाई झण्डै २५ हजार मतको अन्तरले पराजित गरेकी बिनाले ३७ हजार ७५० मत प्राप्त गर्दा कांग्रेसका मनोज १२ हजार ७८० मतमा सीमित भए । यसअघि २०७९ को चुनाब जितेर सांसद बनेका दामोदर पौडेल बैरागीले ७ हजार ९०६ मत मात्र प्राप्त गरेका थिए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कास्की निर्बाचन क्षेत्र ३ मा कुल ६५ हजार ४०७ मत खसेको थियो ।

तस्बिर – युनिश गुरुङ
कास्की -३ बाट चुनाब जित्ने बिना गुरुङ गण्डकी प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित हुने एक मात्र महिला सांसद बनेकी छन् । गण्डकीमा अन्य क्षेत्रबाट जित हासिल गर्ने वा अग्रता कायम गर्नेमा कुनै पनि महिला उम्मेदवार छैनन् । कांग्रेसले कास्की–३ लाई जित्न सक्ने सम्भावित क्षेत्रको सूचीमा राखे पनि मतदाताले पुराना दललाई पाखा लगाउंदै नयाँ दल र नयाँ अनुहारलाई बिजयी बनाएका छन ।
अधिकांश जनजाती र त्यसमा पनि गुरुङ र दलित मतदाता रहेको मानिने कास्की -३ मा बिनालाई जनजाति तथा गुरुङ समुदायको मत सहित पुराना दल र तिनका नेताप्रतिको वितृष्णा र रास्वपाप्रति देखिएको जनलहर नै बिनाको जितको आधार बनेको बताइन्छ ।रास्वपाको जिल्ला कोषाध्यक्ष समेत रहेकी उनी सञ्जीवनी सिस्टर्स एसोसिएसनकी संस्थापक अध्यक्ष हुन् । उक्त संस्थाले बिभिन्न बिधालयमा अध्ययनरत गरिब तथा जेहन्दार बिधार्थीको लागि आर्थिक एबम अन्य सहयोग समेत गर्दै आएको छ उनि तमुधिं नेपाल, लायन्स क्लब जस्ता संस्थामा हुनुको साथै र ब्यबसायिक रुपमा बिभिन्न एजुकेसनल कन्सल्टेन्सी संचालन गर्दै आएकी थिईन ।
कास्की -३ को मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल गिरीले १ हजार ४५६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अर्जुन खनालले १ हजार ४०६ मत ल्याए । श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५८६ र उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङले ४६३ मत प्राप्त गरे ।
यसैबीच, मतदान सम्पन्न भएलगत्तै सांसद पदमा निर्बाचित भएकी बिना गुरुंगलाई मुख्य निर्बाचन अधिकृत हिमलाल बेलबासेले निर्बाचन अधिकृतको कार्यालयमा आयोजित समारोहमा बिजेताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। त्यस अबसरमा निर्बाचित सांसद बिना गुरुङलाई निर्बाचन अधिकृत बेलबासे र कास्कीका प्रजिअले माला लगाएर बधाई ज्ञापन गर्नुको साथै निर्बाचन अधिकृत बेलबासे, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्राकुमारी शर्मा र निर्बाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र नेउपाने लगायतले शुभकामना भनाई राखेका थिए ।
बिजयी भएपछि प्रतिक्रिया दिंदै बिनाले मतदाताको विश्वास मर्न नदिने र कास्की–३ का मतदाताले दिएको यो मत सुशासन, विकास र जेन–जी आन्दोलनका सहिद तथा घाइतेको भावना बुझेर काम गर्ने जनादेश भएकोले सोहि जिम्मेवारीबोध गर्दै यो अवसरलाई देश विकासमा लगाउने बताइन ।















