Play

जनज्योति माविका भूपु विद्यार्थीहरुको पहिलोपटक वृहत पुनर्मिलन कार्यक्रम सम्पन्न

गुरुकुल खबर


पोखरा, जनज्योति माध्यमिक विद्यालय पोखरा २८ कालिकाकोे पुर्व विद्यार्थी तथा शिक्षकहरुको पहिलो पटक औपचारिक रुपमा बृहत् भेला, पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । जनज्योति मावि भूपू विद्यार्थी मञ्चका संयोजक कीर्तिबल्लभ त्रिपाठीको अध्यक्षतामा पोखरा–२६ स्थित नमस्ते पार्टी प्यालेसमा आयोजना गरीएको सो कार्यक्रममा ठुलो संख्यामा भूपु विद्यार्थी शिक्षकहरु सहभागि भएका थिए । वि.स. २०१६ सालमा स्थापना भएको विद्यालयले २०२६ सालदेखि एसएलसी परीक्षामा समावेश हुँदै आएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी विश्व विद्यालयका कुलपति प्रा.डा.ईन्द्र प्रसाद तिवारीले आफु यस विद्यालयको विद्यार्थी हौँ भन्दा गर्व लाग्ने गरेको बताउदै अबको शिक्षा प्राबिधिक शिक्षामा केन्द्रित हुनुपर्ने बताउदै विद्यालयको भौतिक, सामाजिक र शैक्षिक बिकासमा सबैको योगदान अपरिहार्य रहेको बताए ।

कार्यक्रममा विद्यालयका भुपु विद्यार्थी तथा सितलादेवी मावि पोखरा १२ प्रधानाध्यापक बाबुराम अधिकारीले विद्यालयकोे विगत र वर्तमान अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा मञ्चका सल्लाहकार हरि प्रसाद त्रिपाठी, पुर्व बिधार्थीहरु रामभक्त भण्डारी, ऋषिराम त्रिपाठी, शुक्रराज अधिकारी लगाएतले बोलेका थिए । कार्यक्रममा जनज्योति माविमा २०१६ मा सम्मिलित पुर्व विद्यार्थीहरु तथा कार्यक्रमलाई सयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

भूपू विद्यार्थी मञ्चका संयोजक कीर्तिबल्लभ त्रिपाठी सयोजक रहेको समितिको विशेष सक्रियतामा लामो कसरतपछि भएको भूपू विद्यार्थीहरूको बृहत् भेला, पुनर्मिलन कार्यक्रमको सन्चालन सचिव गुरु प्रसाद त्रिपाठीले गरेका थिए भने धन्यवाद ज्ञापन मञ्चका सह सयोजक श्याम प्रसाद तिमल्सेना गरेका तथा थिए ।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, आपसी परिचय, स्मरणीय क्षणको साझा र आगामी योजनाबारे समेत छलफल भएको थियो । आगामी दिनमा भूपू विद्यार्थीहरूबीच नियमित सम्पर्क, सहयोग र सहकार्य कायम गर्दै विद्यालयको शैक्षिक, भौतिक तथा सामाजिक विकासमा थप टेवा पुर्याउने दीर्घकालीन उद्देश्य समेत मञ्चले अघि सारेको छ ।

२५ माघ २०८२, आईतवार ०७:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा