Play

प्रतिभा सुपरलिग क्रिकेटको उपाधिका लागि आज आयोजक प्रतिभा र मदरल्याण्ड भिड्दै

गुरुकुल खबर


पोखरा, प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा मावि र मदरल्याण्ड सेकेण्डरी भिड्ने भएका छन् । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतिोगिता अन्तर्गत शनिबार भएको सेमीफाइनल खेलमा आयोजक प्रतिभा माविले बाल मन्दिर मावि र मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन माविलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । प्रतियोगिताको उपाधि भिडन्त आईतबार बिहान  हुने आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो सेमीफाइनल खेलमा मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन माविलाई २ विकेटले पराजित गर्दै फाईनल यात्रा सुरक्षित गर्यो । टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गरेको छोरेपाटन माविले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतीमा ९५ रनको योगफल तयार गर्यो । छोरेपाटन माविका लागि सोहन आचार्यले ३२ बलमा ३१ रन, उज्वल पौडेलले ३८ बलमा २१ र अनिष थापाले १२ बलमा १३ रनको योगदान दिए । छोरेपाटनलाई दवाबमा राख्न मदरल्याण्डका सद्रीस पौडेलले ३ ओभरमा १३ रन खर्चेर ३ विकेट, भुवनबहादुर भण्डारीले ४ ओभरमा १४ रन खर्चेर २ विकेट तथा गौरव भण्डारीले ३ ओभरमा २२ रन खर्चेर १ विकेट लिए ।

९६ रनको मध्यम लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको मदरल्याण्डले १९.२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै फाइनल यात्रा सुनिश्चित गर्यो । मदरल्याण्डका लागि विलोभ मल्लले २६ बलमा १६ रन, भुवनबहादुर भण्डारीले १४ बलमा १४ रन र अनुराज भण्डारीले १६ बलमा ११ रनको योगदान दिए । छोरेपाटनका किस्मत पौडेलले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट, समर्पण लामिछानेले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ विकेट तथा अनिष थापाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए पनि जितका लागि पर्याप्त भएन ।

खेलमा बिजयी विद्यालय मदरल्याण्डका सद्रीष पौडेल प्लेयर अफ द म्याच घोषित भए ।

शनिबार नै भएको दोस्रो सेमीफाइनल खेलमा आयोजक प्रतिभा माविले बाल मन्दिर माविलाई ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गर्यो । बाल मन्दिरले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि पहिले व्याटिङ गरेको प्रतिभाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५९ रनको विशाल योगफल तयार गर्यो । विशाल योगफल तयार गर्न प्रतिभाका खेलाडीहरु सफल श्रेष्ठले ४५ बलमा ५७ रनको अर्धसतकीय पारी खेले । त्यस्तै, मिसन विकले २३ बलमा २५ रन, सौगात लामिछानेले ४ बलमा १५ रनको योगदान दिए । प्रतिभालाई दवाबमा राख्ने क्रममा बाल मन्दिरका राम ढुंगानाले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर २ विकेट, ४ ओभर नै बलिङ गरेका सुमन अधिकारीले १ मेडनसहित ३२ रन खर्चेर २ विकेट र अभिषेक क्षेत्रीले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर १ विकेट लिए ।

१६० रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको बाल मन्दिर मावि २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर केवल ८८ रनमा समेटिएपछि सेमीफाइनलबाटै प्रतियोगिताबाट बाहिरियो । बाल मन्दिरका लागि सुरज अधिकारीले २२ बलमा २० रन, सुमन अधिकारीले २८ बलमा १७ रन र श्रीनिवास कठायतले ३० बल सामना गर्दै १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रतिभा माविका बलरहरु सफल श्रेष्ठले ३ ओभर बलिङ गर्दै १६ रन खर्चेर ५ विकेट, पुरन गुरुङले १ ओभर बलिङ गर्दै ४ रन खर्चेर २ विकेट तथा निश्चल दाहालले ४ ओभर बलिङ गर्दै १२ रन खर्चेर २ विकेट लिदै बाल मन्दिरको व्याटिङ अर्डर ध्वस्त पारेका थिए ।

खेलमा प्रतिभा माविका लागि ५७ रन बनाउनुका साथै ५ विकेट लिएका सफल श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए ।

२५ माघ २०८२, आईतवार ०७:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा