Play

नेपालमा उच्चशिक्षाको रूपान्तरण र विश्व प्रतिस्पर्धा बिषयमा पोखरामा अन्तराष्ट्रिय सम्मेलन हुँदै

गुरुकुल खबर


पोखरा, पोखराको प्रतिष्ठित सामुदायिक क्याम्पस जनप्रिय बहुमुखी क्याम्पसले नेपालमा उच्च शिक्षाको रूपान्तरण र विश्व प्रतिस्पर्धा तर्फका मार्गहरु बिषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । क्याम्पसले एक पत्रकार सम्मेलनको आयोजना गरेर आगामी चैत १२ देखि १४ गतेसम्म ‘नेपालमा उच्च शिक्षाको रूपान्तरणः विश्व प्रतिस्पर्धातर्फका मार्गहरु’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएको हो । विश्वविद्यालय अनुदान आयोग (युजिसी) नेपालको विशेष सहयोगमा मुलुकको पर्यटकीय राजधानी पोखरामा यो सम्मेलन हुन लागेको जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख कृष्णबाबु बरालले जानकारी दिए।

पोखरामा हुने सम्मेलनमा नेपालसहित भारत, चीन, थाइल्यान्ड र बंगलादेश लगायतका देशका ख्यातिप्राप्त प्राज्ञ तथा शिक्षाविद्हरूले विषयबक्ताको रुपमा सम्बोधन गर्ने छन । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूबाट ५० भन्दा बढी मूल्यांकन गरिएका अनुसन्धानपत्रहरू प्रस्तुत हुनेछन् । यी कार्यपत्रहरू गुणस्तर प्रत्यायन, डिजिटल रूपान्तरण, शैक्षिक सुशासन, स्वायत्तता र दिगो विकास लक्ष्य जस्ता सामयिक विषयमा केन्द्रित रहने बताइएको छ ।

नेपालको उच्च शिक्षा क्षेत्रले एकातिर संरचनात्मक विस्तार गरिरहेको भए पनि अर्कोतिर गुणस्तर, बजार सान्दर्भिकता र विद्यार्थी पलायन अर्थात् ‘ब्रेन ड्रेन’ जस्ता गम्भीर चुनौती भोगिरहेको सन्दर्भमा यो कार्यक्रमले स्थानीय आवश्यकता र विश्वव्यापी मापदण्डबीच सन्तुलन कायम गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ। सम्मेलनले विश्वका बिभिन्न मुलुकका बिश्वबिधालय वा क्याम्पसमा उच्च शिक्षाका नवीनतम अभ्यासहरूलाई नेपाली सन्दर्भमा कसरी अनुशरण गर्न सकिन्छ भन्ने बारेमा छलफल हुने समेत क्याम्पस प्रमुख बरालले जानकारी दिए ।

उच्च शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम मात्र नभई राष्ट्रको समृद्धि, नवप्रवर्तन र विश्वव्यापी उपस्थितिको आधारस्तम्भ भएकाले यो सम्मेलन आयोजना गर्न लागिएको उनले स्पष्ट पारे । उच्च शिक्षाका नीतिगत अल्झन र सुधारका उपायहरू पहिल्याउन सम्मेलनमा दुईवटा उच्चस्तरीय प्यानल छलफल सञ्चालन गरिनेछ । यसबाट प्राप्त निष्कर्षले विश्वविद्यालय र नीति निर्माताहरूलाई भावी रणनीति तय गर्न मार्गनिर्देश गर्ने क्याम्पस प्रमुख बरालले जानकारी दिए । उनले कक्षाकोठामा सीमित शिक्षण सिकाइलाई फराकिलो अनुसन्धानको दायरामा ल्याउन र विश्वविद्यालय–उद्योग सम्बन्धलाई प्रगाढ बनाउन यो सम्मेलनले उत्प्रेरकको भूमिका खेल्ने उनले बिश्वास व्यक्त गरे ।

बरालका अनुसार पोखरालाई प्राज्ञिक तथा अनुसन्धानको केन्द्रका रूपमा ब्रान्डिङ गर्न यो सम्मेलन कोसेढुंगा साबित हुनेछ । गण्डकी प्रदेशको शैक्षिक धरोहर मानिने जनप्रिय बहुमुखी क्याम्पस नेपाल सरकार, शिक्षा मन्त्रालयबाट २०७२ र २०७३ सालमा उत्कृष्ट सामुदायिक क्याम्पसका रूपमा पुरस्कृत भएको थियो । यस क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट दुई पटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन अर्थात् ‘क्युएए’ प्रमाणपत्र समेत प्राप्त गरिसकेको छ ।

२१ माघ २०८२, बुधबार २०:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा