Play

दियालो कृषि सहकारीको नयाँ समिति, अध्यक्षमा कुलप्रसाद

गुरुकुल खबर


पोखरा, दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाको शनिबार सम्पन्न १४ औं वार्षिक साधारण सभा तथा पाँचौ चुनावी सभाले कुल प्रसाद त्रिपाठीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा वेदराज त्रिपाठी, सचिवमा कृष्ण प्रसाद पौडेल, कोषध्यक्षमा मनिषा पोख्रेल सापकोटा, सदस्यहरुमा निर्मल प्रसाद बाँस्तोला, बविता बाँस्तोला, गौमाया छन्त्याल, खिमलाल त्रिपाठी र उमानाथ त्रिपार्ठी निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा सुपरिवेक्षक समितिको संयोजकमा दिपेन्द्र बाँस्तोला तथा सदस्यहरुमा प्रकाश त्रिपाठी ‘व्यथित’ र ओमकुमारी आचार्य रहेका छन्। निर्वाचन उपसमितिका निर्वाचन अधिकृत होतराज त्रिपाठी तथा सदस्यहरु प्रकाशचन्द्र सापकोटा र शंकर सापकोटाको उपसमितिले नयाँ सञ्चलक समिति निर्विरोध निर्वाचित गराएको थियो।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता हरि पौडेल र शोभा सुनारलाई सम्मान गरिनुको साथै सल्लाहकार तथा सञ्चालक समितिलाई प्रशंशा पत्र प्रदान गरिएको थिए । यसअधि कार्यक्रममा बोल्दै गौरी शंकर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवशरण पौडेल र हेमजा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र त्रिपाठीले सहकारीलाई मजवुद बनाउँका लागि शेयर सदस्यहरुको भूमिका ठूलो रहने भएकोले आफ्ना संस्थाका वारेमा जिज्ञासु हुनु पर्ने बताए ।

उक्त कार्यक्रममा संस्थाका सचिव वेदराज त्रिपाठी, कोषाध्यक्ष राजेश त्रिपाठी, लेखा सुपरिवेक्षक संयोजक प्रकाश चन्द्र त्रिपाठी, ऋण उपसमिति संयोजक कुल प्रसाद त्रिपाठीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर पुजी २ करोड ९९ लाख २९ हजार ९ सय, निक्षेप संकलन ३ करोड ७० लाख ५२ हजार ४ सय ५६, ऋण लगानी ६ करोड ७१ लाख ७७ हजार ४ सय ८५ रहेको छ ।

दियालो कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहन प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुल प्रसाद त्रिपाठीले स्वागत सदस्य मनिषा पोख्रेल सापकोटाले सहकारीका सात सिद्धान्त र सचिव वेदराज त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।

२७ पुष २०८२, आईतवार ०७:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा