Play

निर्बाचनको सम्पूर्ण तयारी पुरा भएको गृह मन्त्रालयको भनाई, पत्रकार सम्मेलनको तयारीमा निर्बाचन आयोग

गुरुकुल खबर


काठमाडौँ,  गृह मन्त्रालयले यहि फागुन २१ गते (भोली) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधवार गृहसचिव राजकुमार श्रेष्ठको नेतृत्वमा मन्त्रालयमा  मुलुकका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग बसेको भर्चुअल बैठक पछि उनले सबै जिल्लामा निर्बाचनको तयारी करिब पुरा भएको जानकारी दिए । गृह सचिव श्रेष्ठले सबै जिल्लाका प्रजिअहरुसँग निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको उल्लेख गरेका छन ।

निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापनको विषयमा केन्द्रित रहेको उक्त बैठक करिब ३ घण्टासम्म चलेको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् । उनले भनिन्–  ‘प्रमुख जिल्ला अधिकारीहरूबाट निर्वाचनको सबै तयारी पूरा भएको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराइएको छ ।’  गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । छलफलसँगै मन्त्रालयले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

गृह मन्त्रालयले शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशीलताबारे समीक्षा गर्दै निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको हो ।  बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी, सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदान स्थलमा पुगेको जानकारी गराएका छन् ।

यसैबीच, निर्वाचन आयोगले फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार मतदानको लागि सम्पूर्ण तयारी पूरा भएको सन्देश सहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ब्रिफिङ गर्न पत्रकार सम्मेलन राखिएको हो ।  ‘बुधबार दिउँसो २ बजे आयोगको मिडिया सेन्टर हलमा विशेष पत्रकार सम्मेलन राखिएको छ’, भट्टराईले भने, ‘थप जानकारी त्यहीबाट पाउनुहुनेछ ।’

२० फाल्गुन २०८२, बुधबार १२:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा