वीरगन्ज, निर्बाचनको अघिल्लो दिन बिरगंजमा बमसहित नेपाली कम्युनिस्ट पार्टी पर्सा क्षेत्र २ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । पर्साको पर्सागढी नगरपालिका बढनिहारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरी सवार गाडीमा बम फेला परेको हुनाले उनलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताए ।
बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख पाठकले नेकपाका उम्मेदवार चौधरी हिँडेको गाडीमा रातिको समयमा होक्सी बम भेटिएको बताए ।
चौधरी सवार गाडीमा यसरी शङ्कास्पद वस्तु बम भेटियो, हामीले बिहान सेनामार्फत डिस्पोज पनि गराइसकेका छौ, उनले भने । चौधरीसहित उनी सवार गाडीमा अन्य तीनजनालाई समेत नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ । यद्यपि, अनुसन्धान चलिरहेकोले उनीहरूको अरू विवरण गोप्य राखिएको प्रहरीले जानकारी दिएको छ ।
उम्मेदवार चौधरी सवार बा १० च १२५० नम्बरको गाडी समेत नियन्त्रणमा लिएको छ । चौधरीमाथि निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अनुसार विस्फोटक पदार्थ सम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन मुद्दा अन्तर्गत अनुसन्धान बढाइएको पर्सा प्रहरीले जनाएको छ ।
काठमाडौँको चपलीमा बम जस्तो शंकास्पद बस्तु भेटियो, सेनाको डिस्पोजल टोली घटनास्थलमा

















