काठमाडौँ, नेपाली कांग्रेसमा बिशेष महाधिबेशनको आयोजकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई विशेष महाधिवेशनमा सहभगी बन्नको लागि निमन्त्रणा पठाएका छन् । सभापति देउवालाई प्रमुख अतिथि र खड्कालाई विशिष्ट अतिथिको रुपमा सहभागी बन्न बिशेष महाधिबेशन पक्षधरले निम्ता पपठाएको बुझिएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबार र सोमबार काठमाडौँको भृकुटीमण्डपमा हुन् लागेको विशेष महाधिवेशनलाई नेपाली काँग्रेसका सभापति देउवा सहितको संस्थापन समूह र डा.शेखर कोइराला नेतृत्वको इतर समूहले पूर्ण रुपमा स्वीकार गरिसकेको छैन ।
बिधान अनुसारको बाध्यात्मक अबस्थामा मात्र यो बिशेष महाधिबेशन बोलाइएको कारण पनि सबैको सहभागितामा केहि राष्ट्रिय राजनीति र समसामयिक प्रस्ताबहरु पारित गरेर महाधिबेशन सम्पन्न गर्ने तर्फ पार्टीका बिभिन्न तहका नेताहरुले पहल गरिरहेका छन।
शनिबार नै कांग्रेस नेता चन्द्र भण्डारी र सुनील शर्माले संयुक्त पत्रकार सम्मेलन गरि बिशेष महाधिबेशन सबैको बनाउने र महाधिबेशनबाट केहि संकल्प प्रस्ताब पारित गर्ने गरि आँफुहरुले गृहकार्य गरिरहेको तर सहमति भैनसकेको जानकारी दिएका थिए ।

यसरि देउवा र कोइराला पक्षले मान्यता नदिंदा बिशेष महाधिबेशनबाट नेतृत्व चयन गरिएमा पार्टी विभाजन हुन सक्ने सम्भावना रहेकोले पार्टीको दोश्रो तहका अधिकांश नेताहरु बिशेष महाधिबेशनलाई सबैको बनाउने र तीन महिनापछि हुने महाधिबेशनबाट नेतृत्व चयन गर्ने गरि सहमतिको प्रयास भैरहेको बताइएको छ।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार दिउँसो इतर समूहका तीनजना नेतासँग छलफल गरेका छन् । देउवा निवास महाराजगन्जमा इतर समूहका नेता डा.शेखर कोइराला, सहमहामन्त्री जीवन परियार र डा.मिनेन्द्र रिजालबिच छलफल भइरहेको हो ।
डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पार्टीलाई विभाजन हुन् नदिई एक ढिक्का कसरी बनाउन सकिन्छ भन्नेबारे दिउँसो करिब साढे १ बजेबाट छलफल भएको जानकारी दिए । डा.कोइराला देउवासँग भेट्नलाई शनिबार दोस्रो पटक महाराजगन्ज पुगेका हुन् । डा.कोइराला शनिबार बिहान पनि देउवालाई भेटेर फर्किएका थिए ।
















