Play

नेता दाहालको निधन, काँग्रेसले भोलि कार्यालय बन्द गर्ने, बिशेष महाधिबेशन पक्षधरले आजका कार्यक्रम स्थगित गर्ने

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष पत्रकार होमनाथ दाहालको निधन भएको छ दाहाल केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा गराईरहेका थिए  दाहाललाई हृदयाघात भएपछि वीरअस्पतालमा उपचारको लागि समेत लगिएकोमा गएराती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वर्गीय दाहाल नेपाल पत्रकार महासङ्घको पूर्वसभापति, राष्ट्रपुकार साप्ताहिकका सम्पादक एवं प्रकाशक र गोरखापत्र संस्थानका पूर्व अध्यक्ष भएका थिए ।  दाहाल वि.सं. २०५६ को आम निर्वाचनमा ओखलढुङ्गा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए ।

ओखलढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकका सम्पादक थिए। उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हाले ।  उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ । स्व. दाहालकी श्रीमती र दुई छोरा छन् ।

नेपाली कांग्रेसले भोलि सबै तहका कार्यालय बन्द गर्ने, तिनदिनसम्म झण्डा आधा झुकाउने 

यसैबीच, नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं प्रवक्ता, पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनमा भोलि (पुस २७ गते) पार्टीका सबै तहका कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।  कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकले पुस २६, २७ र २८ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यकालहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।  त्यस्तै दाहालको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्ला ओखलढुङ्गामा शोकसभाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिशेष महाधिबेशन पक्षधरले आजका औपचारिक कार्यक्रम स्थगित गर्ने 

यसैगरि, कांग्रेस नेता दाहालको निधनका कारण शोक मनाउन नेपाली काँग्रेस सहित कांग्रेसको बिशेष महाधिबेशन पक्षधरहरुले पनि आजका औपचारिक कार्यक्रम स्थगित गरेका छन।  भोलि र पर्सी हुने विशेष महाधिवेशनको कार्यक्रम भने यथावत् रहेको बताइएको छ ।  विशेष महाधिवेशनका लागि अधिकांश जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरु काठमाडौँ आइसकेका छन् । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले दाहालको सम्मानमा आजका पदयात्रा लगायतका सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित भएको जनाए ।

२६ पुष २०८२, शनिबार ११:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा