Play

पोखरामा भेट्रान्स फुटबल प्रतियोगिता हुँदै, बिजेतालाई १ लाख र उपबिजेतालाई ६० हजार

गुरुकुल खबर


पोखरा, भाइब्रेन्ट फुटबल क्लबको आयोजनामा पोखरामा बुधबारदेखी प्रथम केआइइसी पोखरा सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुनेभएको छ । पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुडिँखेल मैदानमा प्रतियोगिता आयोजना हुनेछ ।
भेट्रान खेलाडीहरु बिचमा आपसी सम्बन्ध सुमधुर बनाउने लक्षका साथ प्रतियोगिताको आयोजना गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक विरेन्द्र गुरुङले जानकारी दिए ।
‘भेट्रान खेलाडीहरुलाई आफ्नो युवा उमेरको सम्झना दिलाउनका लागि यो प्रतियोगिताले मद्धत गर्ने हामीले विश्वास लिएका छौं । युवा अवस्थामा फुटबल खेलेका तर हाल परिवारसँग बस्दै आएका अनि फुटबलमै लागेका पुराना खेलाडीलाई मैदानमा उतार्ने हाम्रो योजना हो’ उनले भने
पहिलो पटक प्रतियोगिता गर्न लागेकाले सबैको साथ र सहयोगको अपेक्षा उनले गरेका छन । उनका अनुसार प्रतियोगितामा गण्डकीका विभिन्न जिल्लासहित कुल १८ टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले एक लाख रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा उच्च गोलकर्ताले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता सञ्चालनका लागि करिब ९ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको रहेको छ । प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ ।

२२ पुष २०८२, मंगलवार २०:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा