Play

एनप्याब्सन कास्कीका पूर्व अध्यक्ष रामप्रसाद शर्माको निधन

गुरुकुल खबर


पोखरा, निजि बिधालयका संचालकहरुको संस्था नेसनल प्याब्सन कास्कीका पूर्व अध्यक्ष तथा शिक्षासेवी रामप्रसाद शर्माको ८० बर्षको उमेरमा मंगलबार निधन भएको छ । २००२ साल चैत २२ गते जन्मिएका शर्माकी श्रीमती, २ छोरा र ३ छोरी छन् । २०६१ साल देखि २०७० सालसम्म शर्माले नेसनल प्याब्सन कास्कीको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

शर्माको निधन प्रति एनप्याब्सन कास्कीले दुख ब्यक्त गरेको छ संस्थाका अध्यक्ष हेमन्त अधिकारी र सचिव प्रेमराज अधिकारीले मंगलबार एक शोक विज्ञप्ति जारी गरी शर्माको निधनले संस्थालाई अपुरणीय क्षती पुगेको जनाएका छन।

‘उहाँको निधनले नेसनल प्याब्सन कास्कीलाई मात्र नभइ देशलाई नै अपुरणीय क्षति पुगेको र एक होनहार शैक्षिक अभिभावक गुमाएको महसुस भएको छ, यस दुःखद क्षणमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।’ शोक बिज्ञप्तिमा भनिएको छ

स्व.शर्माले संस्थाको स्थापना, गतिसिलता, समग्र शैक्षिक उन्नयन तथा बृति बिकासमा पु¥याएको योगदान, दुरदर्शिता र समर्पण चिरकालसम्म सधैँ स्मरणीय रहने विज्ञप्तिमा जनाईएको छ । स्वं शर्माको सम्झनामा संस्थामा आवद्ध सम्पूर्ण सदस्य विद्यालयहरुमा बुधबार शोक सभा गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।

२२ पुष २०८२, मंगलवार २०:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा