Play

मन्त्रीहरु कुलमान, जगदीश र बब्लुलाई राजिनामा दिन प्रधानमन्त्री कार्कीको सुझाब

गुरुकुल खबर


काठमाडौँ, जेनजी पुस्ताको नाममा भदौ २३ र २४ गते भएको आन्दोलनपश्चात नागरिक सरकारको रुपमा बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका तीनजना मन्त्रीहरु राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै राजीनामाको लागि दवाब बढ्न थालेको छ ।

ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेल चुनाबी सरकारमा सहभागी भएर पनि राजनीतिमा सक्रिय रहेको भन्दै बिभिन्न क्षेत्रबाट प्रतिक्रिया आउँ लागेपछि प्रधानमन्त्री सुशीला कार्कीले समेत यस बिषयमा चासो देखाएको बुझिएको छ।

राजनीतिक गतिविधिमा केन्द्रीत रहेको आवाज सबैतिर बाट उठ्न लागेपछि प्रधानमन्त्री कार्कीले ऊर्जामन्त्री घिसिङ, खेलकुदमन्त्री गुप्ता र सञ्चारमन्त्री खरेललाई राजीनामा दिन सुझाएको बुझिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा नागरिक सरकारका मन्त्रीहरू राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै प्रधानमन्त्रीले प्रश्न उठाउँदै राजनीतिक गतिविधि नगर्नेमात्रै आंफ्नो नेतृत्वको मन्त्रिपरिषदमा रहनुपर्ने बताएकी थिईन ।

विशेषगरी तीनजना मन्त्रीहरु मध्ये पनि मन्त्री कुलमान घिसिङको सक्रियतालाई लिएर प्रधानमन्त्री बढी गम्भीर बनेको श्रोतले जनाएको छ । हालै कुलमानले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामा मिसाएका थिए । सोही पार्टीमा रास्वपाले कुलमानलाई उपसभापति बनाएको छ ।

यस्तै रास्वपाको गतिविधिमा बब्लु पनि देखिँदै आएका छन् भने सञ्चारमन्त्रीले समेत आफ्नो स्वार्थअनुसार राजनीतिक गतिविधि गरिरहेको प्रधानमन्त्रीको बुझाइ छ ।

 

२२ पुष २०८२, मंगलवार १८:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा