Play

सिद्दार्थ बैंकलाई ३ अर्ब ५० करोड बराबरको अग्राधिकार शेयर जारी गर्न अनुमति

गुरुकुल खबर


काठमाडौँ, सिद्धार्थ बैंकले नेपाल धितोपत्र बोर्डबाट अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ। यस सँगै अग्राधिकार सेयर जारी गर्नको लागि अनुमति पाउने बैंकको संख्या चार पुगेको छ।

धितोपत्र बोर्डले सोमबार सिद्धार्थ बैंकलाई ३ अर्ब ५० करोड रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको हो । बैंकले १०० रुपैयाँ अंकित दरमा कुल ३ करोड ५० लाख कित्ता अग्राधिकार सेयर जारी गर्नेछ।

सिद्धार्थ बैंकको अग्राधिकार सेयरको लाभांश दर ८.२५ प्रतिशत तोकिएको छ र यो लाभांश केवल मुनाफा भएको वर्षमा वितरण गरिनेछ। अग्राधिकार सेयरको बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटलले पाएका छन्।

यस अगाडी वाणिज्य बैंकतर्फ नबिल बैंक र एनएमबि बैंकले तथा विकास बैंकतर्फ कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाइसकेका छन्।

यसअघि नबिल बैंकले ५ अर्ब रुपैयाँ, एनएमबि बैंकले ३ अर्ब रुपैयाँ र कामना सेवा विकास बैंकले ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएका थिए।

२१ पुष २०८२, सोमबार २२:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा