Play

बुद्ध विशाल बजारका व्यवसायीको नयाँ समिति, केसीको उमेदवारी खारेज भएपछि पौडेललाई उपाध्यक्षको जिम्मेवारी

गुरुकुल खबर


पोखरा, बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेललाई चयन गरिएको छ। एशोसियसनको १४ औं अधिवेशनमा उपाध्यक्षका उमेदवार रहेका राजु केसीको उमेदवारी एशोसियसनको बिधान अनुसार नभएको कारण बदर भएपछि  एशोसियसनको विधान अनुसार पौडेललाई उपाध्यक्ष पदमा चयन गरिएको संस्थाका अध्यक्ष बुद्विवहादुर कुँवरले गुरुकुल खबरलाई जानकारी दिए ।

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका प्रवक्ता समेत रहिसकेका पौडेल हाल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पनि हुन । एसोसियसनको उपाध्यक्षमा चयन भए पछि पौडेलले एशोसियसनको निर्वाचनमा निर्वाचन समितिका संयोजकले आफुलाई पुर्वाग्रहपुर्ण रूपले अन्याय गरेको तर एशोसियसनको विधान अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले आफुलाई न्याय दिएको भन्दै आभार व्यक्त गरे ।

एशोसियसनको उपाध्यक्ष पदमा रहदा संस्थागत विकास र बुद्ध विशाल बजारका व्यवसायीहरूको हकहितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् ।

हालै सम्पन्न बुद्ध विशाल वजार व्यापारिक एसोसियसनको २७ औं वार्षिक साधारण सभा एवं १४ औं अधिवेशनले अध्यक्षमा बुद्धिबहादुर कुँवर महासचिवमा थमनसिंह गुरुङ, सचिवमा शान्ति श्रेष्ठ, कोषाध्यक्षमा गोविन्द दाहाल तथा सदस्यहरुमा कृष्ण कुँवर, अनु थापा, शम्भु खत्री संजय श्रेष्ठ, प्रकाश पौडेल, दिनेश गुरुङ, ईन्द्रमाया गुरुङ र लक्ष्मण आचार्यलाई निर्वाचित गरेको थियो । उपाध्यक्षमा निर्बाचित भनिएका राजु केसीको उमेदवारी बिधान बिपरित भएको भन्दै खारेज गरिएपछि पौडेल उपाध्यक्ष बनेका हुन्।

२० पुष २०८२, आईतवार २०:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा