पोखरा, एम्नेष्टी इन्टरनेशनल नेपाल समुह – ५४ पोखराका संयोजक बिष्णुहरी पन्थीको काठमाडौँमा भएको सवारी दुर्घटनामा परि मृत्यु भएको छ। पन्थीको पुरानो घर तनहुँको सेराबेंसी भएपनि उनको परिवार केहि बर्षदेखि पोखरा लेखनाथस्थित गगनगौंडा पावरहाउस नजिक बस्दै आएको छ।
केहि समय अगाडी उनले पोखराको बिशाल बजारमा ब्यापार समेत गरेको बुझिएको छ। उनि नेपाली काँग्रेस तनहुँको क्षेत्रिय समितिमा समेत सक्रिय थिए।
पोखराबाट काम बिशेषले काठमाडौँ गएका उनको बुधबार बल्खु नजिकै चक्रपथमा सवारी दुर्घटनमा परेर निधन भएको हो। ललितपुरको सात दोबाटोबाट कलंकी आउने क्रममा बल्खु नजिक उनि दुर्घटनामा परेको थिए ।
सातदोबाटोमा काम सकेर पोखरा आउनको लागि उनि पठाओ चढेर कलंकी आउंदै गर्दा उनि चढेको दुईपांग्रे सवारी साधन दूर्घटना हुन पुगेको थियो। एम्नेस्टी इन्टरनेसनल नेपाल समुह -८२ का संयोजक नरेश बरालले गुरुकुल खबरलाई जानकारी अनुसार दुर्घटनाका कारण सडकमा लडेका पन्थीलाई पछाडीबाट आउंदै गरेको टिपरले किचेको र घटनास्थलमा नै उनको मृत्यु भएको थियो।
स्व. पन्थीका एक श्रीमती र दुई छोरीहरु रहेकोमा दुवै छोरीहरु क्यानाडामा रहेको बुझिएको छ छोरीहरु आउन समय लागेको कारण बुधबार भएको दूर्घटनापछि उनको शव पाटन अस्पतालमा नै राखिएको थियो।
आज आइतबार मात्र उनको निवास पोखराको लेखनाथस्थित गगनगौंडा पावरहाउस नजिक ल्याएर विधिवत अन्त्येष्टि गरिने भएको छ।
















