Play

राष्ट्रिय सभा सदस्यको लागि निर्बाचन कार्यक्रम: आज उमेदवारी दर्ता, माघ ११ मा मतदान

गुरुकुल खबर


पोखरा, राष्ट्रियसभामा रिक्त रहेका १८ जना सदस्य अर्थात सांसद पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन अन्तर्गत आज विभिन्न दलका उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्यको लागि मतदान गर्ने कार्यक्रम तय गरेको छ ।

राष्ट्रियसभामा रिक्त हुने कूल १८ जना सदस्यका लागि हुन लागेको निर्बाचन अन्तर्गत आज बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्बाचन आयोगले जनाएको छ । आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।निर्बाचन आयोगले यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ ।

राष्ट्रिय सभा सदस्यको निर्बाचनमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायतले तालमेलको आधारमा उमेदवारी दर्ता गर्ने सहमति भएपनि कुन क्लस्टरमा कसलाई उमेदवार बनाउने भन्ने टुंगो लाग्न अझै बाँकि रहेकोले अझै सम्म उमेदवारको नाम सार्बजनिक हुन् सकेको छैन ।

२३ पुष २०८२, बुधबार ०६:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा