पोखरा, आसन्न प्रतिनिधिसभाको निर्बाचनका लागि नेकपा (एमाले)ले प्रत्यक्षतर्फको उम्मेद्वार छनोटको लागि प्रक्रिया शुरु गरेको छ । शनिबार कास्कीका तिनवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय समन्वय कमिटीको बैठकले उमेदवारहरुको प्रारम्भिक नामावली संकलन गरेको जनाइएको छ। संकलित नामहरु हेर्दा अधिकांश ५० बर्ष उमेर नाघेका देखिएका छन भने महिलाको संख्या कम देखिएको छ। क्षेत्रगत हिसाबले हेर्दा कास्की क्षेत्र न. १ बाट ८ जनाले, क्षेत्र न. २ बाट ११ जनाले र क्षेत्र न. ३ बाट १३ जनाले प्रतिनिधि सभामा उमेदवार बन्ने चाहना राखेर निबेदन दिएका छन ।
नेकपा एमालेको केन्द्रीय निर्देशन अनुसार हरेक निर्वाचन क्षेत्रबाट पुस २० गतेभित्र १ महिलासहित ३ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नुपर्ने भनिएको भएपनि क्षेत्रिय कमिटीले ३ जनाको मात्र नाम सिफारिश गर्ला कि सबै नाम जिल्लामा पठाउला त्यो हेर्न बाँकी छ। क्षेत्रबाट सिफारिस गरिने ३ जना मध्ये १ महिला अनिवार्य भनिएपनि क्षेत्र न. १ बाट नारायणी भट्टराई रक्षाको मात्र, क्षेत्र न. २ बाट प्रभा कोइराला र मिना कुमारी गुरुङ गरि २ जनाको र क्षेत्र न.३ बाट भोजकुमारी थापाको मात्र निबेदन परेको कारण महिलाको नाममा सबै क्षेत्रमा समस्या नदेखिएपनि पुरुषको नाम सबै पठाउने वा दुईजना मात्र पठाउने भन्ने छलफल हुन् बाँकी रहेको बताइन्छ ।
जसअनुसार कास्की निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट प्रत्यक्षतर्फको उम्मेद्वार बन्न चाहने नेता तथा कार्यकर्ताहरुमा बैनबहादुर अधिकारी क्षत्री, दिलीप न्यौपाने, मनबहादुर गुरुङ, पुष्पज्योति ढुंगाना, टीकाराम पंगेनी, पदमप्रसाद पौडेल, बालासिंह काउछामगर र नारायणी भट्टराई ‘रक्षा’ रहेको बुझिएको छ ।

उल्लिखित ८ जनामध्ये बैनबहादुर क्षेत्री पार्टीको जिल्ला अध्यक्ष एबम जिल्ला समन्वय समिति कास्कीको पुर्व प्रमुख समेत हुन। न्यौपाने यस अगाडी पार्टीको पोखरा महानगर समितिको अध्यक्ष थिए । गुरुङ विघटित प्रतिनिधि सभाको सदस्य र पार्टीको पुर्व जिल्ला अध्यक्ष हुन् भने ढुंगाना हाइड्रो ब्यबसायीको रुपमा राष्ट्रिय स्तरमै परिचित छन तर उनि यस अगाडिको महाधिबेशनमा केन्द्रीय सदस्यमा पराजित बनेका थिए।
टिकाराम पार्टीको पुराना आर्यकर्ता हुन। उनि पनि महाधिबेशनमा केन्द्रीय अनुसासन आयोगको सदस्यमा पराजित भएका थिए । पौडेलको पृष्ठभूमी शिक्षक हो भने बालसिंह तत्कालिन नेकपा माओबादीबाट पार्टी एकता भएपछि एमालेमा जोडिएर सल्लाहकार सहित बिभिन्न जिम्मेवारीमा थिए। नारायणी पार्टीको जिल्ला सचिबालय सदस्यको रुपमा कार्यरत छिन ।
कास्कीको निर्वाचन क्षेत्र नम्बर २ बाट कृष्णबहादुर थापा, प्रभा कोइराला, रश्मि आचार्य, मीनाकुमारी गुरुङ, सञ्जीव कोइराला, तेजनारायण अधिकारी, केशव आचार्य, भेषराज बराल, बलराम आचार्य, झपट रानाभाट र रामप्रसाद सुवेदीले आसन्न प्रतिनिधि सभामा उमेदवार बन्ने चाहना प्रकट गरेका छन ।
कृष्ण थापा पार्टीको पुर्व जिल्ला अध्यक्ष, पोखराको पुर्व मेयर र गण्डकी प्रदेशको सांसद समेत हुन् भने प्रभा कोइराला पनि पुर्व प्रदेश सांसद हुन। रश्मि आचार्य बिधार्थी राजनीतिबाट उदाएका र हाल केन्द्रीय सदस्य निर्बाचित युवा हुन। थापा कोइराला र आचार्य अहिले पनि केन्द्रीय सदस्य छन। मिनाकुमारी गुरुङ अखिलको राजनीतिबाट चिनिएकी पुरानो कार्यकर्ता हुन। उनि पुर्व केन्द्रीय सदस्य समेत हुन सन्जिब कोइराला पोखरा उद्योग बाणिज्य संघको पुर्व अध्यक्ष एबम एमाले निकट ब्यबसायीहरुको संस्थाको गण्डकी प्रदेशको अध्यक्ष समेत रहेर काम गरिसकेका व्यक्ति हुन।
अधिकारी कर्मचारी संगठनमा रहेर पार्टीमा लागेका हुन । तर ,उनि पनि यसपटक केन्द्रीय महाधिबेशनमा अनुसासन आयोगको सदस्यमा पराजित भएका थिए । केशव आचार्य गण्डकी प्रदेश सचिबालय सदस्य सहित पार्टीको स्कुल बिभागमा रहेर काम गरेका व्यक्ति हुन्। भूमिगत कालदेखि क्रियाशील आचार्यले पार्टीको तनहुँको प्रमुख समेत रहेर काम गरेका थिए। पर्यटन र शिक्षा क्षेत्रमा क्रियाशील सामजिक अभियन्ताको रुपमा चिनिन्छन। बराल पार्टीको क्षेत्रिय समन्वय समितिमा र रानाभाट पोखरा महानगरको लेखा समितिको संयोजक छन । रामप्रसाद सुबेदी गैर सरकारी संस्था महासंघको केन्द्रीय नेतृत्व गरेको व्यक्ति सहित एनजीओकर्मीको रुपमा चिनिन्छन ।
यसैगरी कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट भोजकुमारी थापा, जगतबहादुर विश्वकर्मा, राजीव पहारी, दामोदर बैरागी, देवीप्रसाद सुवेदी, डिबी नेपाली, सूर्य खड्का बिखर्ची, माधव बास्तोला, लक्ष्मण बराल, नन्दलाल अधिकारी, धनबहादुर नेपाली, कर्णबहादुर गुरुङ र ओमप्रसाद सुुवेदीले उम्मेद्वार त्यस क्षेत्रबाट उमेदवार बन्न भन्दै नाम दर्ता गराएका छन् ।
उनीहरुमध्ये बिश्वकर्मा यस अगाडी सोहि क्षेत्रबाट निर्बाचित भएर खेलकुद मन्त्री समेत बनिसकेका थिए भने राजिब पहारी गण्डकी प्रदेश सांसद एबम पार्टीको केन्द्रीय सदस्य हुन्। दामोदर विघटित प्रतिनिधि सभाको सांसद थिए भने नेपाली संबिधान सभाको सदस्य रहेका थिए। यसैगरी सुर्य खड्का पनि पार्टीको पुर्व सल्लाहकार एबम गण्डकी प्रज्ञा प्रतिष्ठानको पुर्व कुलपति हुन।
माधव बास्तोला यस अगाडिको अधिबेशनमा जिल्ला समितिको अध्यक्षका प्रत्यासी हुन। नन्दलाल प्राध्यापन पेशामा संलग्न रहेका थिए। यसैगरी धनबहादुर पोखरा -५ का पुर्व वडाध्यक्ष र कर्णबहादुर माछापुच्छ्रे गाउँपालिकाका पुर्व प्रमुख हुन। ओमप्रसाद सुबेदी पोखर -२४ का पुर्व वडाध्यक्ष एबम बिभिन्न सामाजिक संस्थामा क्रियाशील व्यक्तित्व हुन् ।
एमालेका तिन निर्वाचन क्षेत्रस्तरीय समन्वय कमिटिको बैठकमा इछ्यूक उमेदवारहरुले आआफ्नो निबेदन बुझाएको थिए क्षेत्र न.१ को बैठक निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजक दर्शन लामाको अध्यक्षतामा, क्षेत्र न. २ को बैठक निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजक भेषराज बरालको अध्यक्षतामा र क्षेत्र न. ३ को बैठक क्षेत्र नम्बर ३ समन्वय कमिटीका संयोजक लालबहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको जनाइएको छ ।
















