Play

आदर्श अर्गानिक कृषक समुह आर्बाको नयाँ समिति, अध्यक्षमा शिवप्रसाद बराल

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका- १३, आर्वास्थित आदर्श अर्गानिक कृषक समुहको अध्यक्षमा शिवप्रसाद बराल निर्वाचित भएका छन  समुहको शनिवार सम्पन्न तेस्रो अधिवेशनले सर्वसम्मत रुपमा बराल अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो

नयाँ कार्यसमितिको उपाध्यक्षमा सिता ढुङ्गाना सिग्देल, सचिवमा राजनकुमार सिग्देल, सहसचिवमा मदन बराल र कोषाध्यक्षमा श्रीराम बराललाई चयन गरिएको छ। कार्यसमितिको सदस्यहरूमा रुद्रनाथ बराल, शंकरबहादुर बराल, सिता परियार र लक्ष्मी पौडेल लाई चयन गरिएको बताइएको छ ।

श्रीराम सिग्देलको संयोजकत्वमा नरबहादुर बराल, ऋषीराम सिग्देल, लक्ष्मी देबकोटा तथा बिष्णुप्रसाद बराल सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यासमितिको निर्बाचन प्रक्रिया सम्पन्न गरेको हो ।

यस अगाडी समुहको तेस्रो अधिवेशन तथा ११ औँ साधारण सभाको उदघाटन गर्दै समूहका संस्थापक अध्यक्ष कृष्णप्रसाद सिग्देलले कृषक समुहले गरेका गतिविधि तथा कृषि उत्पादनका लागि गरेको पहल प्रति खुशी व्यक्त गरे । उनले कृषि व्यवसायमा लागेर पनि अब बाँच्न सकीने अवस्था आएको भन्दै कृषि तथा पशुपालन ब्यवसायलाई पहिलो प्राथमिकता दिंदै यसै क्षेत्रलाई अँगालेर सबै अगाडी बढ्न सुझाव दिए ।

समुहका सल्लाहकार तथा पत्रकार श्रीराम सिग्देलले कृषिमा प्रविधिसंगै आधुनिक कृषि उपकरणको प्रयोग गरेर उत्पादन बढाउनुपर्नेमा जोड दिए । उनले कृषि व्यवसायलाई आत्मनिर्भर बनाउन कृषकहरुको उत्पादन बढ्नुपर्ने अनि अर्गानिक उत्पादनलाई महत्व दिने नीति सरकारले ल्याउनुपर्ने बताए ।

कार्यक्रममा जागरण आमा समुहकी अध्यक्ष लक्ष्मी देबकोटा, समाजसेवी नरबहादुर बराल, सल्लाहकारहरु ऋषीराम सिग्देल , श्रीकान्त सिग्देल, बिष्णुप्रसाद बराल लगायतका बक्ताहरुले कृषक समुहले खेल्नुपर्ने भूमिका र कसरी उत्पादन बढाउन सकिन्छ भन्ने बिषयमा आआफ्नो भनाई राखेका थिए ।

समुहका अध्यक्ष शिवप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा समुहकी उपाध्यक्ष सिता ढुङ्गाना सिग्देलले स्वागत तथा सचिव राजन कुमार सिग्देलले कार्यक्रम सञ्चालन गरेका थिए । सभामा अध्यक्ष बरालको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष श्रीराम बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन आवश्यक छलफल र सुझाव सहित पारित गरिएको थियो।

१९ पुष २०८२, शनिबार १७:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा