Play

छ वटा कम्युनिष्ट पार्टीद्वारा चुनाब बहिष्कार गर्ने घोषणा, अहिलेको सरकार जनविरोधी र कठपुतली भन्दै बर्खास्त गर्न माग

गुरुकुल खबर


पोखरा, भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनपछि बनेको शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्बाचनको लागि आबश्यक तयारी गरेको र निर्बाचनको बाताबरण समेत तयार भएको बताइरहेको भएपनि निर्बाचनको बाताबरण अझै बन्नसकेको महशुस सबैले गर्न सकेका छैनन। कहिले जेनजीहरुको नामबाट त कहिले अन्य राजनीतिक दल र सर्बसाधारणको तर्फबाट अहिलेकै अवस्थामा चुनाब सम्भव ब्नाहुने बताइन थालेको छ ।

मुलुकका प्रमुख राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेले समेत आँफुहरु चुनाबबाट नभाग्ने बताउंदै आएपनि सरकारले चुनाबको बाताबरण अझै बनाउन नसकेको भन्ने प्रतिक्रिया दिंदै आएका छन। यसैबिचमा देशका बिभिन्न ६ वटा कम्युनिस्ट पार्टीले कार्की नेतृत्वको सरकार जनविरोधी सरकारको रुपमा रहेको भन्दै आसन्न निर्बाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् । कुपोन्डोलमा बसेको ६ पार्टीको संयुक्त बैठकले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्न लागेको निर्वाचनलाई जनविरोधी भन्दै बहिष्कार गर्ने निर्णय गरेको हो ।

बैठकले वर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिंदै विघटनको माग गरेको छ । ‘विद्यमान जनविरोधी, अलोकतान्त्रिक, कठपुतली सुशीला सरकार बर्खास्त गरी स्वाधीन संयक्त जनसरकार र जनसंविधानका लागि संयसक्त संघर्क्ष अघि बढाउने सार्वजनिक गर्दछौं’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

१९ पुष २०८२, शनिबार १४:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा