Play

कांग्रेसको नियमित महाधिबेशन कार्यतालिका प्रभावित, पुष २७-२९ मा बिशेष महाधिबेशन – महामन्त्री द्वय थापा र शर्मा

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसमा नियमित महाधिबेशनको सम्भावना करिब अन्त्य भएपछि पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले औपचारिक रूपमै विशेष महाधिवेशनको आह्वान गरेका छन् । महामन्त्रीद्वय थापा र शर्माले बिहिबार एक सूचना जारी गरेर विशेष महाधिवेशनको आह्वान गरेका हुन् ।

महामन्त्री द्वयले जारी गरेको सूचनामा पुस २६ देखि २८ गतेसम्म गर्ने भनिएको नियमित महाधिवेशन समेत स्थगन भएको उल्लेख गरिएको छ । यस अगाडी केन्द्रीय समितिको बैठकले पुष २६ देखि २८ सम्म नियमित महाधिबेशन गर्ने निर्णय गरेकोमा हाल दुईजना महामन्त्रीले मात्र सुचना जारी गरेर नियमित महाधिबेशन स्थगित भएको र बिशेष महाधिबेशन यहि पुस २७ देखि २९ गते गर्नेगरी सूचना जारी गरेका छन् ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत स्थगित गरिएको जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा आइपुग्दा समग्रमा ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भएको पनि महामन्त्रीद्वयले जानकारी दिएका छन् । खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा जिल्ला कार्यसमितिबाट नवीकरण प्रक्रिया टुंगिएपछि कुल नवीकरण संख्या ६ लाखभन्दा बढी पुग्ने अनुमान छ । यस अवधिमा १ लाख ९५ हजार ७ सय ३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भएको उनीहरूले जनाएका छन् ।

पुष २७ देखि २९ सम्म बिशेष महाधिवेशन बोलाउनको लागि कार्यवाहक सभापतिलाई आग्रह गर्ने तर कार्यबाहक सभापतिले नबोलाएमा महामन्त्रीहरूले नै सुचना जारी गरेर बोलाउने तय भएको छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएको कुरालाई आधार मानेर नै महामन्त्री द्वयले बिशेष महाधिबेशन बोलाउन लागेका हुन ।

नेपाली काँग्रेसको विधानमा कम्तिमा चालीस प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महधिबेशनको माग गरेर निवेदन दिएमा तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर, संस्थापन पक्षले विधानको बाध्यात्मक व्यवस्थालाई समेत बेवास्ता गरेर अघि बढ्न खोजेपछि महामन्त्रीहरूले विशेष महाविधेशन बोलाउनुपर्ने बाध्यता बनेको अर्का नेता बलदेव तिमिल्सिनाले जानकारी दिए ।

विशेष महाधिवेशनलाई निस्तेज बनाउन संस्थापन पक्षको सहमतिमा पुस २६–२८ मा केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका समेत ल्याइएको थियो । क्रियाशील सदस्यताको वितरण र नवीकरणको सूची सबै जिल्लाबाट नआएपछि कार्यतालिका प्रभावित भएको हो ।

त्यसपछि महामन्त्री थापा र शर्माले तोकिएको मितिमा केन्द्रीय महाधिवेशन गर्न वडा र क्षेत्रको अधिवेशन मात्रै गर्ने प्रस्ताव अघि सारेका थिए । वडा र क्षेत्रको अधिवेशन गरेपछि केन्द्रीय महाविधेशन गर्ने ढोका खुल्छ । तर, संस्थापनपक्ष त्यसमा तयार नभएपछि असोज २८ गते दर्ता भएको विशेष महाधिवेशनको निवदेन क्रियाशील भएको उनीहरुको भनाई छ ।

नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि विकल्पका रूपमा विशेष महाधिवेशन अघि आएको महामन्त्रीद्वयले स्पष्ट पारेका छन्। ‘पार्टी विधानको दफा १७ (२) बमोजिम विशेष महाधिवेशन सम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो,’ महामन्त्री द्वयले जारी गरेको सुचनामा भनिएको छ, ‘उक्त जिम्मेवारी अन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइनेछ।’

महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा पुगेको र हालसम्म समग्रमा ५ लाख ७९ हजार ३९५ जनाको क्रियाशील सदस्यता नवीकरण सम्पन्न भएको उल्लेख गर्दै महामन्त्री द्वय थापा र शर्माले खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा नवीकरण प्रक्रिया टुंगिएपछि कुल नवीकरण संख्या ६ लाखभन्दा बढी पुग्ने अनुमान गरिएको जनाएका छन। यस अवधिमा १ लाख ९५ हजार ७३७ नयाँ क्रियाशील सदस्यता ‘इन्ट्री’ भएको र नियमित महाधिवेशन स्थगित भए पनि नयाँ क्रियाशील सदस्यता इन्ट्रीको कार्य निरन्तर जारी राख्न सबैलाई निर्देशन दिइएको बताइएको छ। अन्य जिल्ला तथा जनसम्पर्क समितिहरूबाट पनि नयाँ सदस्यता इन्ट्रीको कार्य भइरहेको नेपाली कांग्रेसले जनाएको छ।

Congress General Secretaries formally call for special general convention

 

 

 

 

नेपाली कांग्रेसले पार्टीको नियमित महाधिवेशन स्थगित गरेको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बिहीबार (१७ पुस) एक संयुक्त सूचना जारी गर्दै तोकिएको समयमा काम नसकिएपछि महाधिवेशन स्थगित गरिएको जनाएका हुन्।

नियमित महाधिवेशन स्थगित भएसँगै कांग्रेसभित्रको राजनीति अब विशेष महाधिवेशनतर्फ मोडिएको छ। यसले पार्टीभित्रको आन्तरिक विवादले नयाँ रूप लिने संकेत देखिएको छ।

पार्टी केन्द्रीय कार्यसमितिको १५ मंसिरमा सम्पन्न बैठकले निर्धारण गरेको कार्यतालिकालाई आगामी बैठकबाट अनुमोदन गर्ने गरी स्थगित गरिएको महामन्त्रीद्वयले जनाएका छन्। २६ पुसमा नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि सोअनुरूप कार्यतालिका परिमार्जन गरी गति दिन नसकिएकाले सम्पूर्ण तालिका नै निष्प्रभावी बन्न पुगेको विज्ञप्तिमा उल्लेख छ। ‘उत्पन्न भएको यस्तो अन्योल र अनिश्चिततालाई अन्त्य गर्न यो वक्तव्य जारी गर्न बाध्य भएका छौँ,’ महामन्त्रीद्वयले भनेका छन्

विशेष महाधिवेशनको वैधानिक बाध्यता
नियमित महाधिवेशन रोकिएपछि अब कांग्रेसको ध्यान विशेष महाधिवेशनमा केन्द्रित भएको छ। यसअघि नै ४५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको माग दर्ता गराएका थिए।

 

करिब ६ लाख सदस्यता नवीकरण
महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ। हालसम्म समग्रमा ५ लाख ७९ हजार ३९५ जनाको क्रियाशील सदस्यता नवीकरण सम्पन्न भएको छ।

खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा नवीकरण प्रक्रिया टुंगिएपछि कुल नवीकरण संख्या करिब ६ लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ। यस अवधिमा १ लाख ९५ हजार ७३७ नयाँ क्रियाशील सदस्यता ‘इन्ट्री’ भएको महामन्त्रीद्वयले जानकारी दिएका छन्।

नियमित महाधिवेशन स्थगित भए पनि नयाँ क्रियाशील सदस्यता इन्ट्रीको कार्य निरन्तर जारी राख्न सबैलाई निर्देशन दिइएको छ। अन्य जिल्ला तथा जनसम्पर्क समितिहरूबाट पनि नयाँ सदस्यता इन्ट्रीको कार्य भइरहेको कांग्रेसले जनाएको छ।

१७ पुष २०८२, बिहीबार २१:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा