Play

लेखनाथ महोत्सबमा अनुमान भन्दा बढी दर्शक र कारोबार: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक

गुरुकुल खबर


लेखनाथ, पोखरा महानगरपालिकाको लेखनाथमा सञ्चालित २१ औं संस्करणको लेखनाथ महोत्सव ११ करोड रुपैया भन्दा बढिको कारोबार गर्दै सोमबार सम्पन्न भएको छ । १२ दिनसम्म चलेको महोत्सवको अन्तिम दिन सोमबारसम्ममा  ११ करोड २० लाख बढीको कारोबार  भएको र  ३ लाख ३५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको मेलाका प्रचार प्रसार संयोजक ध्रुबबाबु भट्टराईले गुरुकुल खबरलाई जानकारी दिए ।

आयोजकले महोत्सबमा दुई लाख पचासहजार जति दर्शक आउने र नौ करोड रुपैया बराबरको कारोबार हुने अनुमान गरेको भएपनि दर्शक र ब्यबसायिक कारोबारमा उल्लेखनीय वृद्धि भएपछि आयोजकहरु उत्साहित बनेका छन ।

सोमबार मेलाको समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताए उनले मेलाले क्रेता र विक्रेतालाई एकै ठाउमा जम्मा गरि बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने उल्लेख गरे।

महानगर प्रमुख आचार्यले जेन्जी आन्दोलनका कारण व्यवसायीहरुमा पुगेको क्षती र मनोबल गिरेको अवस्थालाई ध्यानमा राख्दै आर्थीक अवस्थालाई कसरी सुधार गर्न सकिन्छ भन्ने वारेमा सबै चिन्तनशिल बन्नुपर्नेमा जोड दिए ।

पोखरा आसपासमा संचालन हुने महोत्सवलाई नजुधाउने गरि महानगरले सहजिकरण गर्दै आएको उल्लेख गर्दै साविक लेखनाथ क्षेत्रको विकासका लागि बेगनासतालमा वाटर स्पोर्ट्स सञ्चालन गर्ने योजना रहेको भएपनि उक्त योजना अगाडी वढ्न नसकेको वताए । ‘यसलाई अगाडी वढाउनका लागी स्थानियहरुको साथ सहयोगको आवश्कता छ, उनले भने ।

कार्यक्रममा रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउँदै मेलाले क्रेता र विक्रेतालाई एकै ठाउँमा जम्मा गरी  बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए साथै रुपा र पोखराको एकिकृत विकसका लागि योजना बनाउनु पर्नेमा उनले जोड दिए।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २६ वडाअध्यक्ष नरेन्द्र थापाले साविक लेखनाथ क्षेत्रको विकासका लागि यहाँ रहेका सामाजिक संघ सस्था र उद्योग ब्यवसायी वसेर एकिकृत विकासका योजना वनाउन आग्रह गरे ।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका अधिकारी पराजुलीले २१ औँ संस्करणको महोत्सव भब्यरुपमा सफल भएको बताउँदै दर्शकको साथ,  उत्पादक र उपभोक्ताको एकै थलोमा जमघट, ब्यापारिक र पर्यटकीय गतिबिधिमा बिस्तार जस्ता कुराले महोत्सबको चर्चा राष्ट्रिय एबम अन्तराष्ट्रिय स्तरमा भएको दाबि गरिन। उनले लेखनाथ भित्रका संघ संस्था, व्यवसायीहरु, विभिन्न जात जातिहरु, आमा/महिला समूहहरू र सम्पुर्ण लेखनाथबासीको एकताका कारण महोत्सव सफल भएको बताईन ।

समापन कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले गरेका थिए । महोत्सव समापनका दिन अन्य दिनको तुलनामा स्टलमा राखिएका सामान केही सस्तो भएपछि किनमेल गर्ने दर्शकको संख्यामा वृद्धि भएको र सोहि कारण कारोबारमा पनि उल्लेख्य वृद्धि भएको अनुमान गरिएको छ अन्य वर्षका महोत्सवले भन्दा यस वर्षको महोत्सवले सोचे भन्दा बढी सफलता प्राप्त गरेको संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र वाँस्तोलाको दावी रहेको छ ।

कार्यक्रममा विभिन्न विधामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना प्राप्त गर्ने व्यवसायी, दर्शक एवं  कलाकारलाई कार्यक्रममा सम्मान गरीएको थियो। महोत्सव सञ्चालनबाट हुने बचत रकमबाट प्रस्तावित औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग र  विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने जनाइएको छ ।

१४ पुष २०८२, सोमबार २२:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा