पोखरा, पोखरा क्षेत्रमा संचालनमा रहेका मुद्रण उद्योगका संचालकहरुको संस्था मुद्रण उद्योग संघ कास्कीको पाँचौ अधिबेशन एबम १४ औं साधारण सभा सम्पन्न भएको छ अधिबेशनले संघको आगामी कार्यकालको लागि अध्यक्षमा दिनेशचन्द्र बास्तोलालाई निर्बिरोध निर्बाचित गरेको छ।
अध्यक्षमा निर्बाचित बाँस्तोला हाल पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष समेत हुन । उनि लामो समयदेखि मुद्रण ब्यबसायमा संलग्न छन ।
शनिबार सम्पन्न संघको १४औँ साधारणसभा एवं पाँचौँ अधिवेशनबाट नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुर्तेल, प्रथम उपाध्यक्षमा प्रकाशराज पौडेल, द्वितीय उपाध्यक्ष पदम श्रेष्ठ निर्बाचित भएका छन
यसैगरी संघको महासचिवमा राजन कुमाल, सचिवमा अनन्त प्रधानाङ्ग, कोषाध्यक्षमा झंकनाथ अधिकारी (नारायण) र सहकोषाध्यक्षमा मनोज बास्तोला पनि सर्वसम्मत निर्वाचित भएको बताइएको छ ।
संघको नयाँ कार्यसमितिको सदस्यहरुमा कृष्ण रञ्जित, सुमन श्रेष्ठ, नवीन श्रेष्ठ र रोजिना श्रेष्ठ निर्वाचित भएको बताइएको छ ।















