Play

एमाले महाधिबेशन: मतदान प्रक्रिया भोलि बिहान ८ बजेपछि शुरु हुने

गुरुकुल खबर


काठमाडौँ, नेकपा एमालेको भक्तपुरमा जारी महाधिबेशन अन्तर्गत नयाँ नेतृत्व चुन्नको लागि आज मंगलवार बेलुका हुने भनिएको मतदान प्रक्रिया भोलि बुधवार बिहान सम्मको लागि सारिएको छ । मंगलबार साँझ भोट हाल्न भन्दै लाइनमा बसिसकेका महाधिबेशन प्रतिनिधिहरुलाई रातिको समयमा जाडो हुने भन्दै एमालेले मतदानस्थलबाट फर्काएको बताइएको छ । जसका कारण लाइनमा बसिसकेका मतदाताहरु समेत आआफ्नो  निवास तर्फ फिर्ता भैरहेका छन।

प्राविधिक समस्या देखाउँदै आज हुने भनिएको मतदान प्रक्रिया स्थगित गरेर भोलि बिहान ८ बजेदेखि मतदान सुरु हुने जानकारी दिईएको भएपनि चिसो बढेको कारण मतदान प्रक्रिया स्थगित गरिएको हो वा अन्य कुनै कारणले भन्ने बिषयमा स्पष्ट जानकारी आएको छैन ।

मतदान स्थलमा एमालेका अध्यक्षका उमेदवार द्वय केपी ओली र इश्वर पोखरेलले सहित अबलोकन गरेका थिए सोहि क्रममा जानकारी दिंदै पोखरेलले भने ‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन, चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’

पहिलो कारण हो प्राविधिक । उम्मेदवारहरूको नाम, मतदाता नामावलीमा केही हेरफेर, क्लस्टरमा तल माथि परिवर्तन गर्न समय लागेकाले आज मतदान हुन नसकेको हो । ‘टेक्निकल्ली डाटा फिट गर्ने टाइम पुगेन,’ प्राविधिक लक्ष्मण रिमालले भने । दोस्रो कारण, जहाँ आज इलेक्ट्रोनिक भोटिङ मेसिन राखिएको छ त्यो हल भोलि बिहान खाली गर्नुपर्ने छ । भोटिङको समय बिहानसम्म लम्बिने भएपछि अर्को हलमा सारेर मतदान गर्नको लागि समय सारिएको हो । ‘ठूलो हल भाडामा रहेछ । भोलि त्यहाँ गर्न मिलेन । आज बन्दसत्र चलेको हलबाट मेसिन सार्छौं,’ रिमालले भने ।

मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कूल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । एमाले महाधिबेशनमा केपी ओली र ईश्वर पोखरेलले छुट्टाछुट्टै समूह / प्यानल बनाएर चुनाबी प्रतिस्पर्धामा उत्रिएका छन ।

१ पुष २०८२, मंगलवार २१:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा