Play

जनप्रिय बहुमुखी क्याम्पसको अध्यक्षमा पहारी, संचालक समितिमा अध्यक्ष सहित आठ जना कांग्रेस निकट

गुरुकुल खबर


पोखरा, पोखरामा सामुदायिक क्याम्पसको रुपमा स्थापित जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्र पहारी निर्वाचित भएका छन् । निर्माण ब्यबसायीको रुपमा परिचित पोखरा -९ का पहारी र पोखराको नागरिक समाजमा क्रियाशील पोखरा -८ का बिष्णुप्रसाद बरालको बिचमा अध्यक्ष पदमा प्रतिष्पर्धा भएको थियो।

आगामी तिन बर्षे कार्यकालको लागि अध्यक्ष र संचालक समितिका सदस्यहरुको निर्बाचनमा २ सय ७ मत ल्याएर पहारी निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी रहेका विष्णुप्रसाद बरालले १ सय ७३ मत मात्र प्राप्त गर्न सफल भए । पहारीलाई नेपाली काँग्रेस पक्षधर सिनेटरको समर्थन रहेको थियो भने बराललाई कांग्रेस बाहेकका अन्यको समर्थन रहेको थियो। बराल समेत नेपाली काँग्रेसका पुराना नेता हुन् तर केहि बर्षदेखि उनले नेपाली काँग्रेस संगको आबद्दता तोडेको बताइन्छ ।

निर्वाचन समिति संयोजक रहेका अधिवक्ता बोधराज बरालका अनुसार अध्यक्ष पदमा ३ सय ८६ मत खसेकोमा ६ मत बदर भएको थियो ।  क्याम्पसको सञ्चालक समितिका सदस्यमा निर्वाचित ११ जनामा हेमबहादुर थापा (पराजुली), लक्ष्मीप्रसाद पौडेल, तिलकराम पौडेल, गणेशबहादुर अधिकारी, नम्रता बराल, गिरिराज चालिसे, इन्द्रप्रसाद पौडेल, इञ्जिनियर शारदामोहन काफ्ले, राधिका रेग्मी सिग्देल, विश्वकुमार विजुक्छे, पदमबन्धु पोखरेल रहेका छन् ।  क्याम्पसको सञ्चालक समितिको सदस्यमा १४ जनाको उम्मेदवारी परेकोमा कमला गिरि, बलराम बराल र महेन्द्र बस्नेत भने बिजयी हुन सकेनन ।

निर्बाचित सदस्यहरुमध्ये नेपाली काँग्रेस निकट ७ जनाले मात्र उमेदवारी दिएकोमा सबै बिजयी भएका छन। जस अनुसार नम्रता बराल, लक्ष्मीप्रसाद पौडेल, तिलकराम पौडेल, विश्व बिजुक्छे, पदमबन्धु पोखरेल र गिरिराज चालिसे रहेका छन। बाँकी चार जनामध्ये होमबहादुर थापा पराजुली नेपाली कम्युनिस्ट पार्टी (यस अगाडी नेकपा माओबादी) निकट र अन्य इन्द्रप्रसाद पौडेल, शारदामोहन काफ्ले, राधिका रेग्मी सिग्देल नेकपा एमाले निकट मानिन्छन ।

यसैबीच क्याम्पसका निबर्तमान अध्यक्ष बिरेन्द्रनारायण बिजुक्छेले गुरुकुल खबरसंगको कुराकानीमा क्याम्पसमा सौहार्दपूर्ण ढंगले मतदान भएर नयाँ संचालक समिति निर्बाचित भएको भन्दै नयाँ समितिले क्याम्पसको भौतिक एबम शैक्षिक बिकासको लागि रचानात्मक पहल गर्ने र क्याम्पसको गरिमा र प्रतिष्ठामा थप वृद्धि गर्ने बिश्वास व्यक्त गरे।  यसैगरी नबनिर्बाचित अध्यक्ष पहारीले क्याम्पसको समृद्धि, सुशासन र शैक्षिक उत्कृष्टताका लागि समर्पित भएर लाग्ने प्रतिबद्धता जनाए ।

२८ मंसिर २०८२, आईतवार ०८:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा