Play

काठमाडौँका उधोगी ब्यबसायीको नयाँ अभियान ‘नेउबा महासंघका भावी अध्यक्षसंग हाइकिङ’

गुरुकुल खबर


काठमाडौँ, देशका व्यवसायीहरुले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा महासंघका भावी अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा नयाँ प्रकारको अभियान ‘भावी अध्यक्षसँग हाइकिङ’ सुरु गरेका छन्। अनौपचारिक वातावरणमा व्यवसायीका मुद्दा, समस्या सुन्ने, आपसी सहकार्य र संवादलाई बलियो बनाउने तथा आन्तरिक पर्यटन प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने उद्देश्यले हाइकिङ अभियान प्रारम्भ गरिएको हो।

शनिबारको पहिलो हाइकिङ यात्रा सूर्य विनायकदेखि ऐतिहासिक रानीकोटसम्म सम्पन्न भयो। घना हरियाली, खुला आकाश र काठमाडौं उपत्यकाको मनमोहक दृश्यसँगै सम्पन्न यो यात्रा सहभागी व्यवसायीका लागि केवल मनोरञ्जन मात्र नभई प्रकृतिसँग नजिकिने, स्वास्थ्यप्रति सचेत बन्ने, र आपसी सम्बन्ध गाढा पार्ने अवसर बनेको थियो।

व्यवसायीहरूका अनुसार हिँडाइका बीचमा गरिएको स्वतन्त्र संवादले नीति निर्माणदेखि लगानी वातावरण, उद्योग व्यवसायका चुनौती, नेतृत्वको आवश्यकता र सम्भावित समाधानबारे नयाँ ऊर्जा, आशा र विश्वास निर्माण गरेको छ। ‘हामीले भोगिरहेका समस्याहरू खुला वातावरणमा, खुलेर राख्न पाउनु एउटा स्वतन्त्रता हो’ उनीहरूले बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले देशका समस्या बुझ्न देश दर्शन आवश्यक रहने बताए। ‘प्रकृतिसँग हिँड्दै–बुझ्दै जाने क्रममा व्यवसायीका वास्तविक चुनौती, सम्भावना र भावी दिशाबारे वास्तविक अनुभूति हुन्छ। आन्तरिक पर्यटनको प्रवर्द्धन, स्वस्थ जीवनशैली र मित्रता यी सबैलाई एकैसाथ अघि बढाउन हाइकिङ अभियान उपयुक्त माध्यम बनेको छ।” श्रेष्ठले भने

आगामी कार्यकालमा नेपाल उद्योग वाणिज्य महासंघले आन्तरिक अर्थतन्त्रलाई मजबुत बनाउन नयाँ सोच, नयाँ कार्यशैली, र साझेदारीमा आधारित अभियान अघि सार्ने स्पष्ट दृष्टिकोण उनले प्रस्तुत गरे।

यसैबीच, नेपाल उद्योग बाणिज्य महासंघको स्थल यातायात तथा पारवहन समितिको सभापतिमा कार्यकारिणी सदस्य शिवप्रसाद घिमिरेले हाइकिङ अभियानले व्यवसायीबीच अनौपचारिक संवाद संस्कृतिको नयाँ अभ्यास सुरु गरेको बताए। घिमिरेको संयोजनमा सम्पन्न पहिलो यात्रा अत्यन्तै व्यवस्थित, प्रेरणादायी र सफल भएको सहभागीहरूको प्रतिक्रिया छ।

नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले यो यात्रालाई “हरेक पाइला देश दर्शन, हरेक दृश्य प्रेरणा” का रूपमा लिनुपर्ने बताए। उनका अनुसार वरिष्ठ उपाध्यक्षको नेतृत्वमा सम्भव भएसम्म हरेक शनिबार हाइकिङ गरिने र पहिलो चरणमा काठमाडौं उपत्यका भित्रका सुन्दर गन्तव्यहरू रोजिने, त्यसपछि उपत्यका बाहिरका ऐतिहासिक-पर्यटकीय गन्तब्यलाई अभियानमा समेटिने बताइएको छ।

शनिबार सम्पन्न पहिलो यात्रामा मुलुकका प्रतिष्ठित व्यवसायी, विभिन्न वस्तुगत संघ–संस्थाका अध्यक्षहरू तथा युवा उद्यमीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। हरेक सहभागीले हाइकिङ केवल शारीरिक गतिविधि मात्र नभई व्यवसायी समुदायलाई एकजुट बनाउने, नयाँ सोच विकास गर्ने र आन्तरिक पर्यटनलाई आर्थिक सबलताको आधार बनाउने अभियानको सुरुवात भएको मूल्यांकन गरेका छन्।

२१ मंसिर २०८२, आईतवार २२:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा