Play

अन्नपुर्ण गाउँपालिकाका वडासदस्य पशुपतिका श्रीमान एबम कांग्रेस कार्यकर्ता प्रेमबहादुरको निधन

गुरुकुल खबर


पोखरा, कास्कीको अन्नपुर्ण गाउँपालिका वडा न.४ सल्यान लामाचौरका नेपाली कांग्रेसका क्रियाशील सदस्य एबम स्थानीय सामाजिक कार्यकर्ता प्रेमबहादुर केसीको हालै निधन भएको छ। उनि केहि समयदेखि गम्भीर बिरामी परेका थिए ।

स्व. केसी नेपाली काँग्रेसकी क्षेत्रिय प्रतिनिधि रहेकी पशुपति केसीका श्रीमान हुन्। पशुपति केसी कास्कीको अन्नपूर्ण गाउँपालिका – ४ बाट निर्बाचित वडा सदस्य समेत हुन । स्व. केसीका दुई छोराहरु बिमल क्षेत्री र विश्व क्षेत्री रहेका छन।

पछिल्लो समय केसीको परिवार पोखरा महानगरपालिका -५ प्रस्यांगमा बस्दै आएको छ। स्व. केसी तत्कालिन सल्यान गाउँ पंचायतका नेपाली काङ्ग्रेसका सस्थापक पार्टी सभापती स्व. केदारनाथ पाध्या (केदारे मुखिया) का छोरा हुन।

स्व. केसीको शबलाई पर्बत जिल्लामा पर्ने मोदिबेनी घाटमा अन्त्येष्टि गरिएको थियो। नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु सहित अन्यले स्व. केसी प्रति अन्तिम श्रद्दान्जली अर्पण गर्नुको साथै नेपाली काँग्रेसको चारतारे झण्डा ओढाएर सम्मान गरेको सोहि वडाका वडा सदस्य एबम नेपाली काँग्रेसका युवा नेता बिजय गुरुंगले गुरुकुल खबरलाई जानकारी दिए ।

यसैबीच, नेपाली काँग्रेसका कास्की क्षेत्र न. ३ का नेता कार्यकर्ताहरु सहित अन्यले स्व. केसीको पोखरा -५ प्रस्यांगस्थित घरमा पुगेर परिवारजनमा समबेदना प्रकट गरेको अन्नपुर्ण गाउँपालिका -४ का वडाध्यक्ष आईन्दल गुरुङले जानकारी दिए ।

२० मंसिर २०८२, शनिबार १४:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा