Play

मतदाताको असन्तुष्टि र सामाजिक संजालको नियोजित प्रयोग नै निर्बाचनमा अस्वाभाविक परिणाम – डा. महत

गुरुकुल खबर


नुवाकोट, प्रतिनिधिसभाको निर्वाचनमा पराजय व्यहोरेका नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पटकको निर्वाचनमा देखिएको परिणामलाई अस्वाभाविक भन्दै स्थापित पार्टीहरूप्रति मतदाताको असन्तुष्टि र सामाजिक सञ्जालको नियोजित प्रयोगलाई हारको मुख्य कारणको रुपमा उल्लेख गरेका छन उनले भदौ २३ गतेको घटनाको प्रभावका कारण पनि चुनावी नतिजा प्रभावित भएको समेत स्मरण गरेका छन।

नुवाकोट जिल्लाको क्षेत्र न.१ बाट चुनाबी प्रतिष्पर्धामा रहेका डा. महतले आफू पराजित भए पनि प्रतिकूल अवस्थामा साथ दिने मतदाता र पार्टी कार्यकर्ताप्रति उनले आभार प्रकट गर्दै आगामी दिनमा पनि क्षेत्रको विकास र जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता समेत जनाएका छन उनले विजयी उम्मेदवार डा. बिक्रम तिमिल्सिनालाई बधाई तथा शुभकामना पनि दिएका छन्।

उनले लेखेका छन्, ‘यस पटकको आम निर्वाचनमा देखिएको अस्वाभाविक परिणामका पछाडि स्थापित पार्टीहरू प्रति मतदाताहरूको असन्तुष्टि, सामाजिक सञ्जालको नियोजित प्रयोग, भदौ २३ गतेको घटनाको प्रभाव लगायतका धेरै कारणहरू छन्। यसको विश्लेषण हुने नै छ। नेपाली कांग्रेस पार्टी यो प्रभावबाट अछुतो रहेन।’

‘नुवाकोट–१ मा पनि यसको प्रभाव रह्यो। यस्तो प्रतिकूलताका बाबजुद पनि प्रतिस्पर्धी मत दिएर म र मेरो पार्टीलाई विश्वास गर्नुहुने सम्पूर्ण मतदाताहरूप्रति आभारी छु र धन्यवाद दिन चाहन्छु। यस क्षेत्रको विकास र जनताको सेवामा सधैँझैँ लागिरहने नै छु। चुनाव प्रचार–प्रसार अभियानमा अहोरात्र खटिने सम्पूर्ण पार्टीका साथीहरू, शुभचिन्तक र समर्थक सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। निर्वाचित रास्वपाका उम्मेदवार डा. बिक्रम तिमिल्सिनालाई बधाई र शुभकामना व्यक्त गर्दछु।’

आइतबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार तिमिल्सिना २२ हजार ६०९ मतसहित विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी महतले १८ हजार ५९७ मत प्राप्त गरे।  यस्तै नेकपाका हितबहादुर तामाङले १३ हजार ३७७ मत ल्याउँदा नेकपा एमालेका बद्री मैनाली ८ हजार ९३२ मतमा सीमित भए। नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा जित निकाल्दै रास्वपाले क्लिन स्वीप गरेको छ।

२५ फाल्गुन २०८२, सोमबार १२:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा