पोखरा, नेकपा एमालेका केन्द्रीय सदस्य एबम कास्की जिल्ला संयोजक कृष्ण थापाले हालै सम्पन्न निर्बाचनमा पार्टीले पराजय भोग्नुपरेको भन्दै पार्टी हितको लागि आंफुले पाएको कास्की जिल्ला संयोजक र केन्द्रीय समितिको सदस्यको जिम्मेवारी समेत त्याग्न तयार रहेको बताएका छन।
नेकपा एमालेको प्रभाव क्षेत्र मानिने कास्की जिल्लाका तिनवटै क्षेत्रमा एमालेका उमेदवारहरुको लज्जाजनक पराजय भएपछि एमाले नेता थापाले सामाजिक संजाल मार्फत त्यस्तो अभिव्यक्ति दिएका हुन।
यसपटकको निर्बाचनमा नेकपा एमालेको केन्द्रीय सचिबालय बैठकले कास्की क्षेत्र न. २ मा एमाले नेता थापालाई उमेदवार बनाउने निर्णय गरेको भएपनि अन्तिम अबस्थामा एमालेका युवा नेता रश्मि आचार्यलाई पार्टीले टिकट दिएको थियो। कास्की -२ यस अगाडी एमाले नेता रबिन्द्र अधिकारीले ३ पटक सम्म र उनकी धर्मपत्नी विधा भट्टराईले २ पटक सम्म चुनाब जितेको क्षेत्र हो ।
यसका साथै कास्की -१ पनि नेकपा एमालेको प्रभाव क्षेत्र मानिन्छ त्यस क्षेत्रबाट बिगतमा नेकपा एमालेका नेता खगराज अधिकारीले पटक पटक चुनाब लडेकोमा धेरैपटक जीत हासिल गर्दै आएका थिए । अघिल्लो निर्बाचनमा एमालेका मनबहादुर गुरुङले कास्की कांग्रेसका सभापति समेत रहेका किशोरदत्त बराललाई पराजित गरेका थिए। तर यस पटक एमालेले बैनबहादुर क्षेत्रीलाई त्यस क्षेत्रबाट उमेदवार बनाएको थियो ।
यसैगरी कास्की -३ बाट पनि एमालेका उमेदवारले धेरै पटक विजय प्राप्त गर्दै आएको भएपनि यस पटक भने तेश्रो स्थानमा पुगेको छ। अघिल्लो निर्बाचनमा बिजयी बनेका दामोदर पौडेल बैरागीलाई यस पटक पनि एमालेले उमेदवार बनाएको भएपनि उनि पनि नराम्रो संग पराजीत बन्न पुगे ।
यसपटक कास्कीका तिनवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारहरुले ठुलो मतान्तरमा बिजय हासिल गरेको छन जसका कारण एमालेको गढको रुपमा लिईदै आएको कास्की जिल्ला र गण्डकी प्रदेशबाट समेत एमालेको कुनै पनि उमेदवारले विजय प्राप्त गर्नसकेको छैनन् । गण्डकी प्रदेशका १८ सिट मध्ये रास्वपाबाट १५, नेपाली काँग्रेसबाट २ र स्वतन्त्र उमेदवारको रुपमा महाबिर पुनले मात्र चुनाब जितेका छन ।
चौतर्फी घेराबन्दी र प्रतिकुल परिस्थितिकाबीच निर्वाचन परिचालनका लागि गठित समितिका संयोजक सहित सदस्यहरु, निर्वाचनमा सफलता प्राप्त गर्नका लागि होमिएका विभिन्न तहका नेताहरुलाई धन्यबाद दिंदै उनले यस अबस्थामा पनि धैर्यता र संयमता अपनाउंदै पार्टीलाई एकताबद्द राख्न र जनताको सेवामा निरन्तर लाग्न आबश्यक रहेकोमा जोड दिएका छन ।
इतिहासका बिभिन्न कालखण्डमा पार्टीले ठुला आरोह र अबरोह पार गर्दै आएको र फेरी पनि अर्को ठुलो चुनौतीको बीचबाट पार्टी गुज्रिनुपरेको उल्लेख गर्दै थापाले हामि ढलेको अबस्थामा पुगेको भएपनि नमरेको स्पष्ट पारेका छन ।
बिगतका निर्बाचनमा आंफुले नेतृत्व गर्दा उल्लेख्य सफलता प्राप्त हुँदै आएको स्मरण गर्दै उनले यस पटकको निर्बाचनको परिणाम पार्टीको अनुकुल नआउनुमा आंफ्नो तर्फबाट कुनै कमजोरी भएको भए आत्मालोचना गर्ने पनि उल्लेख गरेका छन।
पार्टीले आबश्यक ठानेको अबस्थामा पार्टी हितको लागि पार्टीले दिएको कास्की जिल्ला संयोजक र केन्द्रीय सदस्यको पद समत त्याग गर्ने घोषणा गरेका छन। एमाले नेता थापा यस अगाडीको स्थानीय तहको निर्बाचनमा पोखरा महानगरपालिकाको प्रमुख पदमा चुनाब लडेको भएपनि पराजित बनेका थिए।
त्यस बेला पार्टीले शुरुवातमा एमाले नेता दिपक पौडेललाई उमेदवार बनाउने निर्णय गरेकोमा अन्तिम अबस्थामा पौडेलको ठाउँमा एमालेले कृष्ण थापालाई उमेदवार बनाएको थियो त्यस्तै अबस्था यस पटक दोहोरिएको कतिपयको बुझाइ छ।
शुरुवातमा कास्की -२ को टिकट थापालाई नै दिने निर्णय भएकोमा अन्तिम अबस्थामा टिकट ख्होसिएको र आचार्यलाई दिईएको बुझाइका कारण पनि एमालेभित्र आन्तरिक मतभेद बढेको थियो।
उनले आंफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन ..
आदरणीय कमरेडहरु अभिवादन !
२०८२ फागुन २१ मा सम्पन्न निर्वाचनको परिणाम करिव सार्वजनिक भइसकेको छ । प्राप्त परिणामको आधारमा अहिले हामी इतिहासकै गंभिर परिस्थितिमा उभिएका छौं । यस निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट कास्की जिल्लामा प्रस्तुत सूर्य ध्वजाबाहक उम्मेदवार र समानुपातिक तर्फ पनि सूर्यमा मतदान गर्ने मतदाताहरुलाई विशेष धन्यबाद दिन चाहान्छु ।
चौतर्फि घेराबन्दि र प्रतिकुल परिस्थितिका बीच निर्वाचन परिचालनका लागि गठित समितिका संयोजक सहित सदस्यहरु, निर्वाचनमा सफलता प्राप्त गर्नका लागि होमिएका विभिन्न तहका नेताहरुलाई धन्यबाद दिन चाहान्छु । कास्की जिल्लामा हामीले प्राप्त गरेको मतले निर्धारण गरेको पार्टीको यस गंभिर अवस्थामा हामी धैर्यता, संयमता अपनाउंदै अविचलित रहि पार्टीलाई एकताबद्ध राख्दै जनताको सेवामा निरन्तर लाग्न आवश्यक छ ।
इतिहासका विभिन्न कालखण्डमा पार्टीले ठूला-ठूला आरोह अवरोहहरु पार गर्दै आएको र निरन्तरको संघर्षले नेपाली जनताका बीच स्थापित हाम्रो पार्टी आज फेरी पनि ठूलो चुनौतिका बीच गुज्रन परेको छ । हामी ढलेको परिस्थितिमा छौ तर मरेका छैनौं । यो परिस्थितिको तहगत विशेष र बस्तुगत आत्म समिक्षा आवश्यक छ । बर्तमान परस्थिति आउनुमा कास्की संयोजकका तर्फबाट मेरो कुनै कमजोरि रहेको भए आत्मआलोचित हुन चाहान्छु ।
मैले नेतृत्व गरेका विगत बर्षहरुका सवै निर्वाचनमा उल्लेख्य सफलता प्राप्त गर्दै आएको तथ्य स्मरण गर्दै भरखर सम्पन्न निर्वाचनको परिणाम पश्चात पार्टीले आवश्यक ठानेको अवस्थामा पार्टी हितकाे लागि पार्टीले दिएको कास्की जिल्ला संयोजकको भूमिकाबाट मात्र हैन केन्द्रिय समितिको सदस्य समेत त्याग गर्न तयार रहेको जानकारी गराउंदछु ।
कृष्ण थापा
मितिः २०८२/११/२५















