Play

एमालेको प्रभावक्षेत्र मानिने इलाम-१ मा कांग्रेसको जीत : २६ बर्षपछि कांग्रेसका ३६ बर्षिय निष्कल राई बिजयी

गुरुकुल खबर


बिराटनगर, इलाम जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका युवा उम्मेदवार निश्कल राई विजयी भएका छन । इलाम क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङलाई  ९ सय ११ मतले पराजित गर्दै कांग्रेसका राई विजयी भएका हुन। २०५६ सालपछि लगातार एमालेले विजयी हासिल गर्दै आएको यस क्षेत्रमा २६ वर्षपछि नेपाली कांग्रेस विजयी बन्न सफल भएको हो ।

कांग्रेसका राईले १४ हजार ५४३ मत पाउँदा श्रम संस्कृति पार्टीका नेम्वाङले १३ हजार ६३२ मत पाए भने नेकपा एमालेका काजीमान कागते ११ हजार ९६६ मत पाएर तेस्रो बबन्न पुगे । राष्ट्रिय स्वतन्त्र पार्टीका बिमल गदालले ९ हजार १६० मत र नेपाली कम्युनिष्ट पार्टीका रण बहादुर राईले ७ हजार ६६५ मत पाएका छन  ।  इलाम क्षेत्र नं. १ मा ६४ हजार १०४ मत खसेको थियो । यहाँ १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

शिक्षा पृष्ठभूमिबाट राजनीतिमा आएका राई व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी हाल अर्थशास्त्रमा एमफिएल अध्ययनरत हुन । शैक्षिक दक्षतासँगै संगठनात्मक अनुभव बबटुलेका राई नेपाली कांग्रेसको विभिन्न जिम्मेवारी सम्हाल्दै हाल नेपाली कांग्रेस इलाम १ प्रदेश ख को सभापति पनि हुन।

विद्यार्थी राजनीतिबाटै राजनीतिमा सक्रिय भएका राईसंग शिक्षण, सामाजिक सेवा र अन्तर्राष्ट्रिय अनुभव छ । काठमाडौंस्थित शंकरदेव क्याम्पसमा अध्यापन गरेको  कारण शिक्षा प्रणालीका समस्या र सम्भावनाबारे उनमा व्यवहारिक ज्ञान रहेको बताइन्छ।  ३६ वर्षको उमेरमै प्रतिनिधिसभामा विजयी बनेका राई इलामको सूर्योदय नगरपालिका-४ का स्थानीय बासिन्दा हुन ।

यसैबीच, नेविसंघका नेता यमकृष्ण पौडेलले नेकपा एमालेको किल्लाको रुपमा ५ पटकसम्म  झलनाथ खनालले निर्वाचन जितेको इलामको क्षेत्र नं १ मा आँफुहरुको पुस्ताका उम्मेदवार निस्कल राईले बिजय प्राप्त गर्दा काँग्रेसको नेतृत्वमा रहेर पुरातन सोच राख्ने नेतृत्वको होस खुलेको हुनुपर्ने प्रतिक्रिया दिएका छन ।

‘४० मुनिका ५५ जना सांसदले यस पटकको निर्वाचनमा बिजय प्राप्त गर्दा हाम्रो पुस्तामाथि भरोषा नगरी भातृ संस्थामै अल्मल्याउनेहरुले सोचुन कि अब पार्टीको केन्द्रीय समितिमा यो पुस्ताको सम्माजनक सहभागिताले मात्र काँग्रेसमा नयाँ जोश र उभार आउनेछ भनेर ।’ पौडेलले नबनिर्बाचित राईलाई बधाई दिंदै भनेका छन ‘निष्कलको विजयलाई हाम्रो पुस्ताकै बिजयको रुपमा स्वीकार गरेका छौ र संसदमा आफुलाई प्रमाणित गर्नुहुनेछ भन्ने पुर्ण विश्वास पनि छ ।’

२५ फाल्गुन २०८२, सोमबार १७:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा