Play

कांग्रेस सभापति गगनलाई नेता अर्जुननरसिंहले भने ‘पदबाट राजीनामा गर्नु गम्भीर भुल हुनसक्छ, हतारमा निर्णय नगर्नु’

गुरुकुल खबर


काठमाडौँ, नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले विश्वमा धेरै प्रतिष्ठित नेताहरु चुनाब हारेको समरण गर्दै चुनाव हार्नु र जित्नु लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक विशेषता रहेको स्पष्ट पारेका छन ।

हालै सम्पन्न निर्बाचनमा नेपाली काँग्रेसका सभापति गगन कुमार थापा सहित धेरै नेताहरु मात्र नभएर पार्टीको समेत नराम्रो पराजय भएको सन्दर्भमा केसीले आंफ्नो सामाजिक संजाल एक्समा लोकतन्त्रमा प्रतिष्ठित, जनप्रिय वा शक्तिशाली नेताको समेत हार हुने गरेको र यस्तो घटनालाई अस्वाभाविक घटनाको रुपमा लिन नहुने उल्लेख गरेका छन।

उनले परिस्थिति तथा विरासतको रुपमा आईलागेका खराबीका कारण यस पटकको निर्बाचनबाट प्राप्त नतिजालाई आधार मानेर पदबाट राजीनामा गर्नु गम्भीर राजनीतिक भुल हुनसक्ने भएकोले हतारमा निर्णय नगर्न सभापति थापालाई आग्रह गरेका छन।

केसीले बर्तमान परिस्थिति तथा निर्बाचनको परिणामको निर्मम विश्लेषण, समीक्षा र मूल्याङ्कन गरी भावी रणनीति तयार गर्न पार्टी नेतृत्व युद्धस्तरमा लाग्नु नै अहिलेको प्रमुख आवश्यकता रहेकोमा जोड दिएका छन।

पार्टी सभापति गगन थापाको नाम उल्लेख नगरिकन कांग्रेस नेता केसीले मूल सुधार र पार्टी बदल्ने अठोटका मूख्य सारथी नै जिम्मेवारीबाट पन्छिउन भन्ने आम कांग्रेसको चाहना नरहेको स्पष्ट पारेका छन । “नेतृत्व पाएको ५० दिनकै अवधिमा बर्षौंदेखि थुप्रिएका विकृति, विसङ्गति र समस्याहरु जादुगरको झैं वा चुट्कीको भरमा समाप्त पार्ने काम हुननसक्नु स्वाभाविक हो तसर्थ पार्टीको प्रमुख सारथी, कांग्रेस सभापतिलाई थाक्ने, निरास हुने वा अल्मलिने छुट छैन।”

कांग्रेस नेता केसीले लेखेको कुरा… 

विश्वमा धेरै प्रतिष्ठित नेताहरू चुनाव हारेका छन् । चुनाव हार्नु जित्नु लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक विशेषता हो। बेलायतका प्रधानमन्त्री सर विन्स्टन चर्चिल दोस्रो विश्वयुद्ध जिताएर पनि सन् १९४५ को आम चुनावमा पराजित भए। खाडी युद्ध जितेका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले १९९२ को राष्ट्रपतीय चुनावमा पराजित भए। भारतीय प्रधानमन्त्री ईन्दिरा गान्धी शक्तिशाली प्रधानमन्त्री भए पनि सन् १९७७ को चुनावमा हारिन्।

नेपाली कांग्रेसका सभापति तथा २०४७ मा अन्तरिम सरकारको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई २०४७ को सम्बिधान निर्माण र ऐतिहासिक निर्वाचन सम्पन्न गर्दा पनि २०४८ को संसदीय निर्वाचन हार्नु भएकै हो । लोकतन्त्रमा प्रतिष्ठित,जनप्रीय वा शक्तिशाली नेताको पनि हार भएको छ , यो मात्र अस्वाभाविक घटना होइन ।

तर यसैलाई मापदण्ड बनाएर आमूल सुधार र पार्टी बदल्ने अठोटका मूख्य सारथीबाट नै जिम्मेवारीबाट पन्छिनु आम कांग्रेसको चाहना होइन। नेतृत्व पाएको ५० दिनकै अवधिमा बर्सौ देखि थुप्रिएका विकृति र विसङ्गति र समस्याहरु जादुगरी झैं चुट्कीको भरमा समाप्त पार्ने काम हुन नसक्नु वा नहुनु स्वाभाविक नै हो।

पार्टीको प्रमुख सारथी, कांग्रेस सभापतिलाई थाक्ने, निरास हुने वा अल्मलिने छुट छैन। परिस्थिति तथा विरासतको रुपमा आईलागेका खराबी को उपज लाई आधारमा राजीनामा गर्नु गम्भीर राजनीतिक भुल हुनसक्छ!।

हतार मा कुनै निर्णय नगरी विगतबाट थुप्रिंदै आएका अपयश, बिकृति र कुडा कर्कट र बर्तमान परिस्थिति तथा परिणाम को निर्मम विश्लेशण, समीक्षा र मूल्याङ्कन गरी भावी रणनीति तयार गर्न पार्टी नेतृत्व युद्धस्तरमा केन्द्रित हुनु आजको प्रमुख आवश्यकता हो।

२५ फाल्गुन २०८२, सोमबार १९:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा