Play

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्को साधारण सभा: कस्केलीको हित र कास्कीको बिकासमा जोड

गुरुकुल खबर


पोखरा, कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्को आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा डायस्पोराका कस्केली विशिष्ट व्यक्तिहरू, समाजका सँस्थापकहरू र संरक्षकहरू, सल्लाहकारहरू, विश्वका विभिन्न देशमा सक्रिय कस्केली संघ संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो । यसका साथै समाजको कार्यसमितीका पुर्व पदाधिकारीहरु, आजिवन सदस्यहरू, प्रतिनिधी कस्केली महिला तथा पुरुषहरुको  सहभागिता थियो ।

समाजका अध्यक्ष शिब बहादुर बानियाको अध्यक्षतामा सम्पन्न सभाको बन्द सत्रमा समाजका कोषाध्यक्ष विकास अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, महासचिव केदार कुँवरले प्रस्तुत गरेको बार्षिक प्रतिवेदनको साथै आगामी वर्षको कार्ययोजना र यस अगाडी दुबईमा सम्पन्न अन्तराष्ट्रिय सम्मेलनको घोषणा पत्र र बिधान संसोधनको लागि प्रस्तुत सुझाव सर्वसम्मतिले पारित गरिएको थियो ।

साधारण सभामा दिईएको जानकारी अनुसार गत डिसेम्बर २०२४ देखि नोभेम्बर २०२५ सम्म कास्कीमा बिभिन्न क्षेत्रमा गरि करिब पाँच लाखको आर्थिक सहयोग गरिएको छ । समाजले सुचारू गरेको शैक्षिक छात्रवृत्ति कार्यक्रमलाइ थप प्रभावकारी बनाउन र कास्कीको पर्यटकीय संस्कृति संरक्षणका लागि संरक्षक डा. सुन्दर पौडेलले प्रस्ताव गरेको सामुहिक होमस्टे संचालन गर्ने प्रस्ताब पनि साधारण सभाले पारित गरेको छ।

भर्चुअल जुम मार्फत् सम्पन्न भएको  साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै गण्डकी प्रदेशकी सांसद सरस्वती गुरूङले प्रवासमा रहेका कस्केलीहरूले जन्मभुमि र देशविदेशमा रहेका कस्केलीहरूको हितको लागि रचनात्मक काम गर्दै आएको थाहा पाउँदा खुसि लागेको बताइन। उनले कास्की कास्कीबासीका समस्या समाधानका लागि सरोकारवालाहरुसंग आवश्यक सहजिकरण, समन्वय गर्दै अगाडी बढ्न सबैलाई आग्रह गरिन गुरुंगले कास्की आदर्श समाज तथा समाजमा सक्रिय व्यक्तिहरूको प्रगतिका समेत कामना गरिन ।

साधारण सभामा बोल्दै कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शिबबहादुर बानियाले आंफ्नो नेतृत्वमा रहेको कार्यसमितिले मानव सेवाका बिभिन्न कामहरु सम्पन्न गरेको बताउंदै देश विदेशमा आपदविपदमा परेका कस्केलीहरुको सहयोग सहित कास्कीको समग्र बिकासका लागि अन्तराष्टिय विश्व सम्मेलन सम्पन्न गरेको बताए। उनले संस्थाको कार्यालय भवन निर्माणका लागि पहल भैरहेको, संस्थाको वेभसाइट निर्माण गरेको गरिएको र संस्थालाई बिभिन्न मुलुकहरुमा विस्तार गर्दै समिति गठनको कार्यलाई तिव्रता दिईएको जानकारी गराए।

समाजका महासचिव केदार कुँवरले विश्वभरि छरिएर रहेका कस्केलीहरू बिच अपनत्व र भाईचाराको अभिवृद्दिका उदेश्य तथा कास्की जिल्लाको समग्र विकासमा सहयोग पुर्याउने लक्षका साथ संस्थाले काम गरिरहेको बताए। उनले विश्वभरीका कस्केली खोजि अभियान, समृद्द जन्मथलो हाम्रो स्वाभीमान” भन्ने मुल नाराका साथ कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद एक सामाजिक संस्थाको रुपमा २०१७ मा भएको  स्थापना भएको जानकारी दिए।

संस्थाले बिभिन्न मुलुकमा रहेका कस्केलिहरुले हासिल गरेका सिप र जाँगरलाइ जिल्लाको एकिकृत विकासको लागी परिचालन गर्न तथा विश्वका विभिन्न मुलुकहरूमा कार्यरत कस्केलीहरूले स्थापना गरेका कस्केली समाजहरूलाई एकै संजालमा जोडेर कास्की जिल्लामा सामाजिक काम गर्न संस्था क्रियाशील रहँदै आएको बताइएको छ । समाजका वरिष्ठ उपाध्यक्ष विशाल ढुंगानाले सहभागीलाई स्वागत मन्तब्य राखेको उक्त कार्यक्रमको संचालन महासचिव केदार कुँवरले गरेका थिए।

साधारण सभाको अबसरमा शुभकामना प्रकट गर्ने क्रममा वक्ताहरूले प्रवासको बसाइमा विविध कारणवश समस्या स्भोग्नुपरेका कस्केलीहरु सहित नेपालीहरुको लागि वर्तमान कार्यसमितीले सबैसंग समन्वयकारी भुमिका खेलेको भन्दै खुलेर प्रशंसा गरेका थिए ।

२० मंसिर २०८२, शनिबार १०:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा