पोखरा, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले मुलुकमा प्रजातन्त्रबादी राजा बनाउँदा हालको अस्थिरता समाप्त हुन्छ भने त्यसका लागि नेपाली काँग्रेस तयार हुनुपर्नेमा जोड दिएका छन। पोखरामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि शर्माले प्रजातन्त्रबादी राजा र २०४७ सालको संबिधानको पक्षमा वकालत गरे । उनले भने “प्रजातन्त्रबादी राजा र २०४७ सालको संबिधानले मुलुकमा निकास दिन सक्ने सम्भावना हो भने नेपाली काँग्रेसले यसका लागि अगुवाई गर्नुपर्छ।”
कांग्रेस नेता शर्मा नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा समेत प्रदेश सभापतिको हैसियतमा सहभागी भएर आंफ्नो बिचार ब्यक्त गर्दा राजाको बारेमा तथा २०४७ सालको संविधानको बारेमा केहि बोलेका थिएनन्। उनि कांग्रेसको बिशेष महाधिबेशनका पक्षधरले काठमाडौँमा आयोजना गरेको भेलामा समेत पुगेर आफ्नो अभिव्यक्ति दिएको थिए। तर उक्त भेलामा समेत उनले राजाको बारेमा केहि बोलेका थिएनन्। शर्माले लामो समय देखि नेपाली काँग्रेसले आफ्नो सिद्दान्तमा लोकतन्त्रको सट्टा प्रजातन्त्र राख्नुपर्नेमा भने बिगत देखि नै आवाज उठाउँदै आएका थिए ।
केहिदिन अगाडी पोखरामा नेपाली काँग्रेस गण्डकी प्रदेशको नामबाट काँग्रेसको महाधिबेशनको सम्बन्धमा एक भेलाको आयोजना गरिएको थियो। कांग्रेस भित्र नियमित महाधिबेशनको आवाज समेत उठिरहेको बेला नियमित महाधिबेशनका पक्षधरहरुको भेलाको संयोजन कांग्रेस गण्डकी प्रदेश समितिका सभापति मेखलाल श्रेष्ठले गरेको थिए। सोहि भेलाको काउन्टर स्वरूप कांग्रेस गण्डकी प्रदेशले आयोजना गरेको भेला पछि बसेको प्रदेश समितिको बैठकले मङ्सिर भित्रमा नियमित महाधिबेशन नहुनेहो भने बिशेष महाधिबेशन गर्नुपर्ने निर्णय सहित प्रदेश समितिका सभापति शुक्रराज शर्मालाई राष्ट्रिय सभाको सदस्यको उमेद्वार बनाउने समेत निर्णय गरेको बताइन्छ।
तर, कांग्रेस केन्द्रिय समितिको पछिल्लो बैठकले प्रदेश सांसदमा समानुपातिक सुचीमा रहेकाहरु राष्ट्रिय सभामा उमेदवार बन्न नपाउने मापदण्ड तय गरेको छ। यो मापदण्डका कारण गण्डकी प्रदेशमा नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सुचीमा नाम समाबेश भएका कांग्रेसका गण्डकी प्रदेश सभापति शर्माको राष्ट्रियसभा सदस्य पदको उमेदवार बन्ने बाटो समेत बन्द हुन पुगेको कांग्रेस नेताहरुको भनाई छ। कांग्रसको उक्त निर्णय पछि शर्माको विचारमा परिवर्तन आएर राजा सहितको २०४७ को संबिधान नै अहिलेको विकल्प भन्ने अबस्थामा पुगेको हुन् कि भनेर पनि कतिपयले अनुमान गर्न थालेका छन ।
मुलुकको वर्तमान राजनीतिक अव्यवस्थाबाट समाधान खोज्न २०४७ सालको संविधान नै सर्वश्रेष्ठ विकल्प बन्न सक्ने दाबि गर्दै शर्माले भने।, “जेएनजी आन्दोलनपछि देश अस्तव्यस्त छ, सबै पार्टीहरू अन्योलमा परिरहेका छन्। यस्तो कठिन अबस्थामा जिम्मेवारी लिएर अगाडि बढ्ने शक्ति कांग्रेस हो तर कांग्रेस महिनौंदेखि अधिवेशन, विशेष अधिवेशन र नियमित अधिवेशनको विवादले अल्झिएको कारण राष्ट्रिय मुद्दामा नेतृत्व दिन ढिलाइ भएको छ। अब ढिला नगरी कांग्रेसले नेतृत्वदायी भूमिका निर्बाह गर्नुपर्छ।”
कांग्रेस सभापति शर्माले २०१७ सालको संविधानमा सबै पक्ष अटेको भएपनि पछि राजाले नै संविधान तोडेर देशलाई अधिनायकवादतर्फ धकेलेको स्मरण गर्दै २०४६ सालको को आन्दोलनले जनताका अधिकार पुनःस्थापित गरेको र बीपी कोईरालाको विचारले देश जोगिएको उदाहरण प्रस्तुत गरे। यसै प्रसंगमा उनले भने ‘देश अहिले अप्ठ्यारो अवस्थामा रहेको भन्दै उनले २०४७ सालको संविधानलाई पुनःस्थापना गरेर राजनीतिक स्थिरता ल्याउन सकिन्छ भन्ने बिश्वास छ।’
उनले जेनजी आन्दोलनताकाको अबस्था स्मरण गर्दै भने ‘हामीले राष्ट्रपतिको सुरक्षा गर्न सकेनौं, प्रधानमन्त्रीको कार्यालय सुरक्षित राख्न सकेनौं, सर्वोच्च अदालत सुरक्षित राख्नसकेनौं, शर्माका अनुसार कांग्रेस धेरै पार्टीसँग प्रतिस्पर्धा नभई सिद्धान्तमा फरक भएर उभिएको दल हो । ‘हामी फरक छौं । हाम्रो अनुहारका कारण होइन, हाम्रो सिद्धान्तका कारण । हामी राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताका पक्षमा उभिएका छौं । अन्य पार्टीहरू प्रजातन्त्रमा विश्वास गर्दैनन्, धर्मनिरपेक्षतालाई भिन्न रूपमा बुझाउँछन्, समाजवादलाई पनि मोडेर व्याख्या गर्छन्,’ उनले भने ।
‘बीपीले भने झै अब देश ठूलो हो, पार्टी होइन । २०४७ सालको संविधानले हामीलाई निकास दिन्छ भने कांग्रेस फर्कन तयार हुनुपर्छ,’ उनले भने। उनले संविधानको ढाँचा ए–टु–जेड फिर्ता गर्ने भन्दा पनि त्यसको सिद्धान्त, संरचना र प्रजातान्त्रिक मूल्य पुनःस्थापित गरिनुपर्ने बताए । उनका अनुसार ०४७ सालको संविधान राजतन्त्र–गणतन्त्र दुवैबीच सेतु बन्न सक्छ । ‘धार्मिक स्वतन्त्रता सुरक्षित रहन्छ । राष्ट्रियता र समाजवादको आधार मजबुत हुन्छ, देशलाई विभाजन गर्ने तत्वहरू कमजोर हुन्छन् । अन्तर्राष्ट्रिय हस्तक्षेपलाई रोक्न शक्तिशाली राष्ट्रिय संरचना निर्माण हुन्छ र देश अब अलपत्र पर्न नदिने जिम्मेवारी कांग्रेसकै हो,’ शर्माले दोहोर्याए । उनले कांग्रेसले अहिले नै गलत बाटो सच्याएर सिद्धान्तमा फर्कनुपर्ने दृढता व्यक्त गरे ।
शर्माले भ्रष्टाचारविरुद्ध कानुन निर्माण गर्ने काम कांग्रेसकै नेतृत्वमा भएको स्मरण गराउँदै अहिले प्रमुख गल्ती गर्नेहरूलाई कारबाही नहुने अवस्थाले लोकतन्त्र नै कमजोर भइरहेको बताए । ‘खुमबहादुरजीले ल्याएको प्रस्तावबाट भ्रष्टाचारविरुद्धको कानुन बनेको हो । पहिलो सजाय पनि उहाँले नै पाउनुभयो । आज भने गल्ती गर्ने नै मालिक बनेका छन्,’ उनले भने । उनले नेताहरू सर्वेसर्वा बन्न थालेको र जनता उपेक्षित बनेको आरोप लगाउँदै कांग्रेसले जनतासमक्ष स्पष्ट माफी मागेर जिम्मेवारीसहित अघि बढ्नुपर्ने धारणा राखे ।
शर्माले वैदेशिक शक्तिहरूबीच बढ्दो प्रतिस्पर्धाले नेपाल ‘अन्तर्राष्ट्रिय पीडास्थल’ बन्न सक्ने चेतावनी दिए । ‘अमेरिका–भारतका दूरी बढिरहेका छन् । रूस र चीनका ब्लकहरू नजिकिँदै छन् । नेपाल अस्थिर देखिएर शक्तिहरूले यहाँ आफ्ना थलो बनाउने सम्भावना दिन–प्रतिदिन बढिरहेको छ,’ उनले भने । धर्म, जात, क्षेत्र, पहिचानका विषयलाई दुरुपयोग गरेर नेपाल टुक्रिनसक्ने खतरासमेत उनले औंल्याए । ‘

















