Play

बैदेशिक रोजगारीको सेवा दिन गिरीले शुरु गरिन ‘नारायणी रिक्रुटमेन्ट प्रालि.’

गुरुकुल खबर


पोखरा, बैदेशिक रोजगार ब्यबसायमा लामो समयदेखि संलग्न अन्जु गिरीले नयाँ कम्पनीको रुपमा नारायणी रिक्रुटमेन्ट प्रालि संचालनमा ल्याएकी छन। काठमाडौँको महाराजगंज चोक नजिकै कार्यालय स्थापना गरेर नारायणी रिक्रुटमेन्ट प्रालिले बैदेशिक रोजगार सम्बन्धि सेवा शुरु गरिसकेको बुझिएको छ।

कास्कीको पोखरा, झापाको बिर्तामोड र इलामको फिक्कल लगायतका स्थानमा शाखा कार्यालय बिस्तार गरेर काठमाडौँ बाहिरका मानिसहरुलाई समेत सेवा दिने आंफ्नो सोचाई रहेको नारायणी रिक्रुटमेन्टको अध्यक्ष समेत रहेकी गिरीले गुरुकुल खबरलाई जानकारी दिईन।

तनहुँको दमौली घर भएपनि बिगत डेढ दशकसम्म बैदेशिक रोजगार व्यवसायमा सक्रिय रहँदै आएकी गिरीले यस अगाडी पाथिभरा एचआर सोलुसन लगायतका कम्पनि संचालन गरेर बैदेशिक रोज्जगार सम्बन्धि सेवा दिंदै आएकी थिईन।

तर, अहिले नयाँ कम्पनीको रुपमा नारायणी रिक्रुटमेन्टको स्थापना गरेर सोहि कम्पनिबाट बिभिन्न मुलुकमा काम गर्ने प्रयोजनको लागि नेपालीहरु पठाउन लागेको उनको भनाई छ ।

नारायणी रिक्रुटमेन्टको माध्यमबाट यूरोपका बिभिन्न मुलुकहरु सहित जापान, कोरिया, मलेसिया, दुबई, कतार लगायतका मुलुकमा कामदारको रुपमा मानिसहरु पठाइने बताइएको छ। यसका साथै जापानिज र कोरियन लगायतका भाषा कक्षा समेत सोहि कार्यालयबाट संचालन गरिने भएको छ।

केहि दिन अगाडी मात्र कार्यालय स्थापना गरिएको भएपनि अहिले ग्रिस र काजकिस्तान लगायतका मुलुकमा कामको लागि जान चाहनेहरुको लागि माग आएको र केहि मानिसहरुलाई कामको लागि ति मुलुकमा पठाउन आबश्यक प्रक्रिया शुरु भैसकेको गिरीले बताइन।

गिरिले बैदेशिक रोजगार ब्यबसायी संघको कार्यसमितिको सचिब र कोषाध्यक्ष लगायत बिभिन्न जिम्मेवारी रहेर काम गरिसकेकी छन। उनको काठमाडौँमा रेस्टुरेन्ट ब्यबसाय पनि संचालनमा रहेको छ।

८ मंसिर २०८२, सोमबार १६:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा