Play

महिला र बालबालिकाको क्षेत्रमा क्रियाशील इन्नरव्हिल क्लब पोखराको क्यान्सर परिक्षण र सचेतना कार्यक्रम सम्पन्न

१ सय ५० बढी महिला लाभान्वित, एक लाख मूल्य बढीको औषधि वितरण


गुरुकुल खबर


पोखरा, ‘मित्रता संगैको सेवा’ भन्ने मूल नारा सहित रोटरी क्लबमा आबद्ध महिलाहरुद्वारा स्थापना गरिएको अन्तराष्ट्रिय संस्था ‘इन्नरव्हिल क्लब’ अन्तर्गत रहेका बिभिन्न क्लबहरुले बिभिन्न रचनात्मक गतिबिधिहरु संचालन गर्दै आएको छन । सन् १९२४ मा स्थापना गरिएको इन्नरव्हिल क्लब अन्तर्गत हाल विश्वका एकसय भन्दा बढी देशमा ४ हजार भन्दा बढी क्लब संचालनमा छन ।

इन्नरव्हिल क्लबले बिशेष गरि महिला र बालबालिकाको क्षेत्र सहित बिपन्न बर्गको हित र सेवाको लागि विभिन्न सामुदायिक गतिविधिहरु संचालन गर्दै आएका छन पोखरामा पनि बिभिन्न इन्नरव्हिल क्लबले बिभिन्न रचनात्मक कामहरुलाई निरन्तरता दिंदै आएको छन ।

अन्तराष्ट्रियस्तरमा इन्नरव्हिल स्थापना भएको एक सय बर्ष बितेको भएपनि पोखरामा सन् २०११ मा मात्र ‘इन्नरव्हिल क्लब पोखरा’को स्थापना गरिएको हो । क्लबले स्थापनाकाल देखि नै महिला र बालबालिकाको क्षेत्रमा बिभिन्न गतिबिधि संचालन गर्दै आएको छ ।

बिभिन्न स्थानमा स्वास्थ्य शिबिर र स्वास्थ्य सचेतना कार्यक्रमहरुको साथै बालबालिकाको लागि स्टेसनरी र न्यानो कपडा वितरण गर्ने काम समेत क्लबले गर्दै आएको छ । केहि दिन अगाडी कास्कीको माछापुच्छ्रे गाउँपालिकाको खैमरांग र मिर्सामा करिब ७५ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको थियो । क्लबले छात्रवृति लगायत बिभिन्न किसिमको सहयोग समेत गर्दै आएको जनाएको छ ।

यसै बीच इन्नरव्हिल क्लब अफ पोखराले शनिबार पोखरा महानगरपालिका-३३ भरतपोखरीमा आयोजना गरेको महिला स्वास्थ्यसंग सम्बन्धित स्वास्थ्य शिबिरको आयोजना गर्यो । क्लबले पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखा र प्रादेशिक जनस्वास्थ्य केन्द्र पोखराको सहयोगमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण  एबम पाठेघरको मुखको क्यान्सर र ब्रेस्टको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको हो।  कार्यक्रममा  निशुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाहरुले आंफ्नो स्वास्थ्य जांच गर्न अझै पनि लजाउने अबस्था रहेको र स्वास्थ्य जांच गर्दा केहि न केहि रोग देखिन्छ भन्ने डरका कारण पनि अधिकांश महिलाहरुले आंफ्नो स्वास्थ्य परिक्षणमा चासो नराख्ने गरेको बताएका थिए ।

त्यसमाथि क्यान्सर रोगको परिक्षण गर्दा आबश्यक पर्ने किट महँगो पर्ने भएकोले आर्थिक अबस्था कमजोर भएका महिलाहरुले पाठेघरको मुखको क्यान्सर परिक्षणमा गम्भीर नबन्ने गरेको बताएका थिए । यस्ता बिभिन्न कारणले महिलाहरुमा क्यान्सर रोगको समस्या भयावह बन्दै  गैरहेको उनीहरुको भनाई थियो।

एक तथ्यांक अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरको कारण ४ जना र ब्रेस्टको क्यान्सरको कारण ४ जना गरि ८ जना महिलाको हरेक दिन मृत्यु हुने गरेको छ।  नेपालको ग्रामिण क्षेत्रमा बसोबास गर्ने अधिकांस महिलाहरुमा स्वास्थ्य परिक्षणलाई महत्व नदिने प्रवृतिको कारण पनि क्यान्सर रोगको अबस्था भयाबह बन्दै गएको छ।

यसै कुरालाई नै मध्यनजर गर्दै इन्नरव्हिल क्लब पोखराले पोखरा महानगरको ग्रामिण क्षेत्रको रुपमा रहेको भरतपोखरीमा पाठेघरको मुखको क्यान्सर परिक्षण सहित क्यान्सर सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक समेत रहेकी इन्नरव्हिल क्लब पोखराकी निबर्तमान अध्यक्ष रेश्मा बैधले गुरुकुल खबरलाई जानकारी दिईन।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले स्थानीय सर्बसाधारण महिलाहरुको स्वास्थ्य अबस्थामा सुधार ल्याउन इन्नरव्हिल क्लबले सबै पक्षको सहयोग र समन्वयमा कार्यक्रम आयोजना गरेको बताए ।

कांग्रेस केन्द्रिय सदस्य बरालले नियमित स्वास्थ्य जांच गर्ने कुरामा ध्यान नदिने र आंफ्नो स्वास्थ्य समस्या खुलेर स्वास्थ्यकर्मीसंग राख्न नसक्ने मानसिकताको कारण पनि महिलाहरु बिभिन्न रोगको शिकार बन्ने गरेको बताउंदै यसको लागि तल्लो तहसम्म सचेतना फैल्याउनु आबश्यक रहेको कुरामा जोड दिए ।

कार्यक्रममा प्रादेशिक जनस्वास्थ्य केन्द्र पोखराकी पब्लिक हेल्थ नर्सिंग अधिकृत सम्झना ढुंगानाले एचपीभी / डीएनए प्रबिधिबाट पाठेघरको मुखको क्यान्सर परिक्षण गर्नको लागि आबश्यक पर्ने करिब ४ सयवटा किट केन्द्रले उपलब्ध गराएको जानकारी दिईन ।

शिविरको शुभारम्भ समारोहमा पोखरा महानगरपालिका -३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, इन्नरव्हिल क्लब पोखराकी अध्यक्ष बिन्दु केसी, क्लबकी सचिब शिला पन्त र सबिना श्रेष्ठ लगायतले आआफ्नो भनाई राखेका थिए ।

उक्त स्वास्थ्य शिबिरमा बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. चुममाया पुन, नर्सिंग अधिकृत सम्झना ढुंगाना, नर्सिंग निरिक्षक सबिना श्रेष्ठ र कुबिजा भण्डारी लगायतको सातजना स्वास्थ्यकर्मीको टोली महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परिक्षणमा खटिएको थियो।

कार्यक्रम संयोजक रेश्मा बैधका अनुसार शिबिरमा १ सय ५० बढी महिलाको क्यान्सर स्क्रिनिग गरिएको र आबश्यक परामर्श समेत दिईएको छ।   स्वास्थ्य परिक्षण गरिएका महिलाहरुलाई करिब एक लाख रुपैया बराबरको औषधि वितरण गरिएको उनले जानकारी दिईन।

पोखराका औषधि ब्यबसायी रुद्र मल्ल र बिष्णु कायस्थ लगायतले उक्त शिविरको लागि औषधि सहयोग स्वरूप उपलब्ध गराएको बुझिएको छ।

६ मंसिर २०८२, शनिबार २३:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा