Play

एनपपिएलमा आज सुदुरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स प्रतिष्पर्धा गर्दै

गुरुकुल खबर


पोखरा, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज शुक्रबार सुदुरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार अपराह्न ४ बजे दुई टोलीबिच खेल हुनेछ। खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ। अहिले भैरहेको प्रतियोगितामा आजको खेल दुवै टोलीको लागि दोस्रो खेल हो।

पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो। सुदूरपश्चिमले भने पहिलो खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेको थियो। रोयल्स पहिलो सिजनको एनपिएलको उपविजेता हो। सुदूरपश्चिमको कप्तान दीपेन्द्रसिंह ऐरी छन्।

यस टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा (विकेटकिपर) रहेका छन्।

पोखराको कप्तानी राष्ट्रिय टिमका ओपनर कुशल भूर्तेलले गरेका छन्। टिममा खेलाडीहरूमा कुशल भुर्तेल (कप्तान), आकाश चन्द, सन्दीप क्षेत्री, त्रित राज दास, डान डाउथवेट, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल, जेम्स नीशम, कृष्ण पौडेल, रेमन राइफर, एडम रोसिङ्टन (विकेटकिपर), जेसन रोय, किरण ठगुन्ना र अभिषेक तिवारी छन्।

५ मंसिर २०८२, शुक्रबार ०९:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा